तीजको ब्रत अघि यी कुरा खानुहोस्, भोक – प्यास कम लाग्छ

  • २४ भाद्र २०७८, बिहीबार
  • 727 पटक पढिएको

हरितालिका तीज भाद्रपद महिनाको शुक्ल पक्ष तृतीयामा मनाइन्छ । हरितालिका तीजको ब्रत यसपाली भोलि (बिहिबार) परेको छ । धेरैजसो महिलाले यसदिन निर्जला ब्रत बीस्छन् र शिव–पार्वतीको पूजा गर्ने गर्छन् । यो ब्रत विशेषगरी श्रीमानको लामो आयुको कामनाका लागि बस्ने गरिन्छ । दिनभरी पानी नपिउने भएकोले केही महिलालाई कमजोर महसुस हुन्छ । हरितालिका तीज ब्रतको सुरुवात सूर्योदय अघि नै गरिन्छ । आज हामी तपाईंलाई दिनभरी खासै भोक प्यास नलाग्नका लागि के खाने भन्नेबारे जानकारी दिँदै छौं ।

यस्ता खानेकुरा नखानुः
ब्रत बस्नु एकदिन अघि महिलाले धेरै तारेको भुटेका खानेकुरा नखानुहोस् तर यस्ता खानेकुरा खाँदा दिनभरी घाँटी सुक्ने, भोक लाग्ने हुनसक्छ । त्यसैले ब्रत बस्नु अघि तारेका, भुटेका खानेकुरा खानबाट बच्नुहोस् । दरमा तपाईंले अन्य दिन झैं हल्का गर्नुहोस् । दाल, हरियो सागसब्जी आफ्नो खानामा समावेश गर्नुहोस् । धेरै मानिस बेलुका मिठाइ पनि खाने गर्छन् । मिठाइले पनि ब्रतका बेला असाध्यै प्यास लगाउँछ ।
अनारको जूस र ताजा फल सेवन गर्नुहोस्ः

ब्रत सुरु गर्नुअघि तपाईं अनार खान सक्नुहुन्छ वा अनारको जूस पिउन सक्नुहुन्छ । यसले तपाईंलाई ऊर्जा दिन्छ । अनारको जूसले भिटामिन सीको दैनिक आवश्यकताको ४० प्रतिशत पूरा गर्छ र यसको सेवनले प्यास पनि कम लाग्छ । ताजा फलमा पानीको मात्रा अत्यधिक हुन्छ । ताजा फल खाँदा दिनभरी तपाईंको शरीरमा हाइड्रेशनको कमी महसुस हुँदैन । विशेषगरी यदि तपाईं चाहनुहुन्छ भने साइट्रस अर्थात् अमिला खानेकुराको सेवन गर्न सक्नुहुन्छ ता कि ब्रत बस्ने दिन प्यास नलागोस् ।

ड्राई फ्रुट्स र नरिवल पानीः

कानू, बदाम, किशमिश र पिस्ताजस्ता ड्राई फ्रुट्सले तपाईंलाई ब्रत बस्ने दिन भरपुर ऊर्जावान् राख्छ । त्यसकारण तपाईंले पोषक तत्वले भरपुर ड्राई फ्रुट्सको सेवन गर्नुहोस् । यसबाहेक यदि तपाईं ब्रत सुरु गर्नु अघि नरिवलको पानी पिउनुहुन्छ भने तपाईंको शरीर दिनभरी हाइड्रेटेड रहन्छ र निर्जला ब्रत बस्दा पनि शरीरमा पानीको कमी हुँदैन । विज्ञलाई मान्ने हो भने नरिवल पानीले शरीरमा प्रतिरोधी क्षमतालाई पनि बढाउँछ । राताेपाटी अनलाइनबाट साभार ।