अखिल(क्रान्तिकारी) रघुगंगाको नयाँ नेतृत्व चयन

  • २५ भाद्र २०७८, शुक्रबार
  • 643 पटक पढिएको

म्याग्दी २५ भदौ । माओवादी(केन्द्र) निकट अखिल(क्रान्तिकारी) रघुगंगा गाउँपालिका कमिटीको नयाँ नेतृत्व चयन भएको छ । प्रथम गाउँपालिका स्तरीय भेलाबाट सन्दीय शर्माको नेतृत्वमा २९ सदस्यीय समिति गठन गरिएको हो । समितिको प्रथम उपाध्यक्षमा अर्जुन परियार ,द्वितीय उपाध्यक्षमा रीता खत्री,सचीवमा सुवास भण्डारी, सह–सचीवमा राम प्रसाद शर्मा, कोषाध्यक्षमा गोविन्द वस्याल र सह–कोषाध्यक्षमा सिर्जना परियार रहनुभएको छ ।

त्यसैगरि समितिको सदस्यहरुमा सोना नेपाली, कृष्ण किसान,अन्जिता परियार, जुना मिजार ,करिश्मा शर्मा, विनिशा शाही ,सीतल खत्री ,सुनील भण्डारी ,सन्दीप भण्डारी, अनील भण्डारी, रीता खत्री, नविना परियार, सलीना थापा, सुवास परियार, सुविश शर्मा , विनिता परियार , अशोक परियार, नमुना परियार ,अजीता परियार , मेलीना परियार, अर्जुन परीयार लगायत रहनुभएको छ ।

भेलालाई माओवादी केन्द्र रघुगंगा गाउँपालिकाका नेता माओवादी केन्द्र रघुगंगा गाउँपालिका नेता घनश्याम परियार, अखिले क्रान्तिकारी म्याग्दीका संयोजक रेशम कटुवाल लगायतले प्रशिक्षणत्मक सम्बोधन गर्नुभएको थियो ।