ताजा अपडेट

नयाँ गन्तव्य खोज्दै अन्नपूर्ण गाउँपालिका, पूर्वाधार र प्रचार प्रसारमा जोड (तस्बिर सहित)

म्याग्दी १ भदौ । पुरानो पदमार्गलाई सडकले विस्थापित गरेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका नयाँ गन्तव्यको पहिचान र प्रवर्द्धनमा जुटेको छ । अन्नपूर्णको भूगोललाई समेटेको विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको अन्धगल्छी–तातोपानी–घार–शिख–घोडेपानी–पुनहिल खण्डसडकले विस्थापित र छोटिएको छ । सडकले छोटिएको पदयात्रा र पर्यटकको बसाइ लम्ब्याउन नयाँ पर्यटकीयस्थल पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धनमा जोड दिएको... पुरा पढ्नुहोस

२० प्रतिशतले पार्टी फुटाउन पाउने गरि आयो अध्यादेश

काठमाण्डौ १ भदौ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो । यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत... पुरा पढ्नुहोस

८८ बर्षिया बृद्धाले होम आईसोलेसन बसेरै जित्नुभयो कोरोना

म्याग्दी ३२ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँत निवासी ८८ बर्षिया बृद्धा जसी पाईजा पुनले होम आईसोलेसनबाटै कोरोना जित्नुभएको छ । गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको टोलीले गरेको एन्टीजेन परिक्षणमा कोरोना संक्रमण पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य भएपछि पुन होम आईसोलेनमै बस्नुभएको थियो । टाउको दुख्ने लगायतका सामान्य लक्षण देखिएकाले घरमै आईसोलेसन राखेर... पुरा पढ्नुहोस

अफगानिस्तान तालिबानको कब्जामा, क्रिकेटर चिन्तित

काठमाडौं । विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जा गरेपछि क्रिकेटरहरु चिन्तित बनेका छन् । अफगानिस्तान क्रिकेट टिमका कप्तान राशिद खान, मोहमद नाबी लगायतका क्रिकेटरले सामाजिक संजालबाट चिन्ता ब्यक्त गरेका छन् ।   इंग्ल्यान्डका 'द हन्ड्रेड' क्रिकेट खेलिरहेका स्पिनर राशिदले ट्वीटरबाट देश अराजकतामा रहेको र देशको जनताले शान्ति चाहेको बताएका छन् । 'मेरो... पुरा पढ्नुहोस

नेकपा माओवादी केन्द्रद्वारा गलकोट नगरमा संगठन सुदृढिकरण तथा विस्तार 

बागलुङ साउन ३२ । नेकपा माओवादी केन्द्रले गलकोट नगरपालिकामा संगठन विस्तार, सुदृढिकरणको  कार्यक्रमलाई तीव्रता दिएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच पार्टी एकता भएको करिब दुई वर्षमा पार्टी पुनः विभाजित भएपछि माओवादी केन्द्रले संगठनलाई बलियो, व्यवस्थित र प्रभावकारी बनाउन संगठन विस्तार गर्ने, देशमा भइरहेको केपी ओली प्रवृत्तिको... पुरा पढ्नुहोस

संसदका दुवै सदनको अधिवेशन अन्त्य,दल विभाजन सम्बन्धी अध्यादेश आउनसक्ने

काठमाण्डौ ३२ साउन । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको जनाएका हुन् । संघीय संसदको दुवै सदनको चालु अधिवेशन साउन ३२ गते राति... पुरा पढ्नुहोस

धौलागिरि अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङ ३२ साउन । धौलागिरि अस्पतालले प्रदान गर्दै आएको डायलासिस सेवा विस्तार गरिएको छ । यसका लागि गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई थान डायलासिस मेसिन (डाइलोजर)अस्पताललाई पठाएको थियो । चार श्यामा सञ्चालमा आएको सो सेवा अब छ श्ययामा प्रदान गरिने छ । अस्पतालमा डायलासिस गर्ने बिरामीको चाप उच्च... पुरा पढ्नुहोस

अफगानिस्तानको काबुल एयरपोर्टमा अमेरिकी सेनाले गोली चलायो

काठमाण्डाै ३२ साउन । अफगानिस्तानको काबुल एयरपोर्टमा सोमबार अमेरिकी सेनाले गोली चलाएको छ । तालिवानले काबुल कब्जा गरेसँगै एयरपोर्टमा भीड बढेपछि अमेरिकी सेनाले गोली चलाएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले स्रोतलाई उदृत गर्र्दै बताएअनुसार अमेरिकी सेनाको गोली लागेर २ व्यक्तिको मृत्यु भएको छ । काबुल एयरपोर्ट अमेरिकी सेनाले नियन्त्रणमा लिएको जनाइएको... पुरा पढ्नुहोस

अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय

काठमाडौं ३२ साउन, । अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गर्दै समन्वयात्मक रुपमा काम अगाढि बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । अफगानिस्तानमा विद्रोही समूह तालिबानले कब्जा जमाएपछि राजधानी काबुलमा... पुरा पढ्नुहोस

पर्यटकियस्थल मुन्द्रा चढाउने डाँडामा पुग्ने पदमार्ग निर्माण

म्याग्दी, ३१ साउन । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर २ स्थित भुरुङ्ग–तातोपानी कुण्ड म्याग्दी जिल्लाकै प्रमुख पर्यटकीय गन्तब्य स्थलको रुपमा परिचिति छ । अन्नपूर्ण गाउँपालिकाले भुरुङ–तातोपानीमा आउने पर्यटकको बसाई लम्बाउन मान्द्रेढुङ्गा हुँदै बराहगुफादेखि मुन्द्रा चढाउने डाँडासम्म पदमार्गसंगै पर्यटकिय पुर्वाधार निर्माणमा जोड दिएको छ। धौलागिरी आइसफल पदमार्गमा पर्ने भुरुङ्ग तातोपानीको शिरमा रहेको... पुरा पढ्नुहोस