१८औं जेसीज कपलाई फर्केर हेर्दा

  • १३ मंसिर २०७८, सोमबार
  • 746 पटक पढिएको

विनय श्रेष्ठ, पूर्व अध्यक्ष

म्याग्दी जेसीज

म्याग्दी जेसीज म्याग्दीको आयोजनामा सन् २००१ देखि शुभारम्भ जेसीजकप फुटबललाई जिल्ला स्तरीय अन्तर मा.वि. फुटबल प्रतियोगिताका रुपमा सञ्चालन गरिदै आएको छ । कक्षा १० सम्मका विद्यार्थीहरुले भाग लिन पाउने यस प्रतियोगिताले म्याग्दीको फुटबल इतिहासमा महत्वपूर्ण भूमिका खेल्दै बर्षेनी फुटबलप्रेमीहरुलाई हौस्याउने गरेको छ । गत वर्षसम्म १७औं संस्करण पुरा गरी सकेको यस प्रतियोगिताको १८औं जेसीजकप फुटवल २०७६ मंसिर ९–१४ गते सम्पन्न भयो । नवौंै जेसीजकपमा बेनीबजार निवासी समाजसेवी श्री श्यामप्रसाद श्रेष्ठले आफ्ना प्रिय पुत्र स्वर्गीय सन्तोष श्रेष्ठको स्मृतिमा स्थापित सन्तोष श्रेष्ठ स्मृति कोषको तर्फबाट जेसीजकप सञ्चालनको लागि रु २,००,०००÷– को अक्षय कोष स्थापना गरि सहयोग प्रदान गर्नुभएकोमा १५औं जेसीजकपमा रु. ५०,०००÷– थप गर्नुभएको छ ।

उहाँको यस सहयोगले प्राप्त हुने व्याजको मद्दतले वर्षेनी जेसीजकप फुटबल सञ्चालनको लागि महत्वपूर्ण योगदान पु¥याउने छ । साथै आयोजक संस्थाले सन्तोष श्रेष्ठ स्मृति कोषलाई प्रत्येक वर्ष मूख्य–प्रायोजक रहने निर्णय समेत गरेको छ । त्यस्तै सन् २०१३ मा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनञ्जयकुमार श्रेष्ठ र म्याग्दी जेसीजका पूर्व अध्यक्ष जेसी विनय श्रेष्ठले स्वर्गीय मातापिताको स्मृतिमा लक्ष्मी पुतली अवार्ड, जेसी लोकेश पुन मगरले स्वार्गिय पिताको स्मृतिमा धमानसिंह अवार्ड र जेसी रन्जना श्रेष्ठले स्वर्गीय पिताको स्मृतिमा इन्द्र अवार्ड यसैगरी सन् २०१४ मा जेसी विक्रम सुवेदीले स्वर्गीय पितामाताको स्मृतिमा झलक खगेश्वरी अवार्ड स्थापना गरी हामीलाई थप हौसला प्रदान गर्नुभएको छ ।

त्यस्तै निवर्तमान अध्यक्ष जेसी ई. कमल विश्वकर्माले स्व. पिता मिनबहादुर विश्वकर्माको स्मृतिमा एक लाखको अक्षयकोष स्थापना गरेकाले संस्थाले मिन बहादुर स्मृति कोषलाई प्रायोजकको सम्मान प्रदान गरेको छ । १७औं जेसीज कपमा हुवावे मोबाइलले प्रतियोगिता सौजन्यता प्रदान गरेकोमा १८औं जेसीज कपमा नरेश मोबाइलले प्रतियोगिता सौजन्य गरेको थियो । यस्तै एक लाख सहयोग प्रदान गर्ने रारा हार्डवयर÷रारा ग्रुपलाई संस्थाले प्रायोजकको सम्मान गरेको थियो । त्यस्तै संस्थापक तथा पूर्व अध्यक्षहरु, जेसीज पदाधिकारी तथा सदस्यहरुले विभिन्न विद्याका अवार्ड प्रदान गर्नु भएको थियो । यस कार्यले जेसीज कप आयोजक, खेलाडीवर्ग र खेलप्रेमीहरुलाई थप हौसला मिलेको छ । यहाँ १८ औं जेसीज कप–२०१९ को उद्घाटनदेखि समापनसम्म गतिविधिहरु चर्चा गर्ने जमर्को गरिएको छ ।

१. उद्घाटन सत्र
‘नरेश मोबाइल १८ औं जेसीजकप फुटबल २०१९ को उद्घाटन सत्र म्याग्दी जिल्ला प्रदेश’ ‘क’ सांसद विनोद के.सी. को प्रमुख आतिथ्यतामा सम्पन्न भयो । शाखा अध्यक्ष जेसी खम थापा मगरको अध्यक्षता र महासचिव जेसी सन्दीप खत्रीको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि के.सी.ले रेफ्री सिद्धार्थ शाक्यलाई बल, सिठी र जर्सी हस्तान्तरण गरी समुद्घाटन गर्नुभएको थियो । सो सत्रमा प्रमुख अतिथि के.सी.ले प्रमुख आतिथ्यताको मन्तव्य, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष एवम् जुरी संयोजक सिनेटर रमेशकुमार श्रेष्ठ, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर धनञ्जयकुमार श्रेष्ठ, पूर्व अध्यक्षीय क्लबका अध्यक्ष जेसी विजयकुमार श्रेष्ठले शुभकामना मन्तव्य र मुल संयोजक हरि भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । शाखा अध्यक्ष जेसी थापा मगरले धन्यवादसहित समापन गर्नुभएको सो सत्रमा प्रमुख अतिथि के.सी.लाई मायाको चिनो प्रदान गरिएको थियो भने कार्यकारिणी उपाध्यक्ष जेसी विरेन्द्र श्रेष्ठले जेसीज आस्थाको अगुवाई गर्नुभएको थियो । उद्घाटन सत्र समाप्ति लगत्तै प्रतियोगिताको गोला प्रथा गरी टाइसिट निर्धारण गरिएको थियो ।

२. पहिलो र दोश्रो चरणका खेलहरु ः
क) पहिलो खेल
प्रमुख अतिथि बेनी न.पा. प्रमुख हरिकुमार श्रेष्ठले प्रमुख आतिथ्यताको मन्तव्य, शाखा अध्यक्ष जेसी खम थापा मगरले मन्तव्य सहित रेफ्री तथा अफिसियलहरु र खेलाडीहरुको समय ग्रहण पश्चात पहिलो खेल गत वर्षको विजेता न्यु वेष्ट प्वाइन्ट र गौवम वस्त मा.वि.बीच भएको थियो । खेलमा वेस्ट प्वाइन्ट शुन्यका विरुद्ध ८ गोलले विजयी भएको थियो । वेष्ट प्वाइन्टका तर्फबाट मनिष श्रेष्ठले ५ गोल सन्तोष घर्ति, मिलन भट्टचन र निशान गौचनले १÷१ गोल गरेका थिए भने मनिष श्रेष्ठ म्यान अफ द म्याच घोषित भएका थिए ।

ख) दोस्रो खेल
प्रतियोगिताको दोस्रो खेल गतवर्षको उपविजेता के.वी. एकेडेमी दरवाङ र प्रकाश मा.वि. बेनीबीच भएको थियो । दुवै टिम अग्रता लिने र बराबरी गर्ने होडबाजी वीच निर्धारित समयमा ४÷४ गोलको बराबरीमा टुङ्गिएको थियो । के.वि.का तर्फबाट युवराज पुनले २ गोल, सविन सिउथानी र खगिन पुनले १÷१ गोल र प्रकाश मा.वि.का मनोज खत्रीले ४ गोल गरेका थिए । पेनाल्टी सुटआउटमा के.वि. २ का विरुद्ध ४ गोलले विजयी भएको थियो ।

ग) तेस्रो खेल
प्रतियोगिताको तेस्रो खेल बेनी बोर्डिङ्ग र लिटिल गार्डेन एकेडेमी बेनी बीच भएको थियो । निर्धारित समयमा बेनी बोर्डिङ्ग शुन्यका विरुद्ध ५ गोलले विजयी भएको थियो । बेनी बोर्डिङ्गका तर्फबाट सन्तोष छन्त्यालले ४ गोल र अनुपम श्रेष्ठले १ गोल गरेका थिए । सन्तोष छन्त्याल म्यान अफ द म्याच घोषित भएका थिए र

घ) चौंथो खेल
प्रतियोगिताको चौंथो खेल जनप्रिय मा.वि. दरबाङ र दरबाङ इङ्लिस बोर्डिङ्ग स्कुल बीच भएको थियो । जनप्रिय २ का विरुद्ध ५ गोलले विजयी भएको थियो । जनप्रियका बुद्धि पुर्जाले ३ गोल र गमस रोकाले २ गोल त्यस्तै दरबाङ बोर्डिङका विशेष भट्टचन र नरेश पटेलले १÷१ गोल गरेका थिए । जनप्रियका बुद्धि पुर्जा म्यान अफ द म्याच घोषित भएका थिए ।

ङ) पाँचौं खेल
पाँचौ खेल धौलागिरि मा.वि. सिंगा र महेन्द्ररत्न मा.वि. बरंजावीच भएको थियो । धौलागिरी शून्यका विरुद्ध ३ गोलले विजयी भएको थियो । धौलागिरी अनिल किसान, सज्जन आले र मिलन घिमिरेले १÷१ गोल गरेका थिए भने मिलन घिमिरे म्यान अफ द म्याच घोषित भएका थिए ।

च) छैठौं खेल
छैठौं खेल बुद्ध एकेडेमी र महादेव मा.वि बेग वीच भएको थियो । बुद्ध सून्यका ६ गोल गर्दै विजयी भएको थियो । बुद्धका निराजन पुनले ४ गोल, सुवास फवाङ्गी र दिपेश बुढामगरले १÷१ गोल गरेका थिए भने निराजन पुन म्यान अफ द म्याच घोषित भएका थिए ।

छ) सातौ खेल
सातौ खेल म्याग्दी एकेडेमी सिंगा र जामुनाखर्क मा.वि. अर्थुङ्गे वीच भएको थियो । म्याग्दी ऐकेडेमी सिंगा शून्यका विरुद्ध १ गोलले विजयी भएको थियो । म्याग्दी एकेडेमीका निर्णायक गोल गर्ने न्युसन गुरुङ म्यान अफ द म्याच घोषित भएका थिए ।
ज) आठौं खेल
आठौै खेल बेनी सामुदायिक र बालमन्दिर आधारभूत वीच भएको थियो । बेनी सामुदायिक १ का विरुद्ध ८ गोलले विजयी भएको थियो । बेनी सामुदायिकका विजय छन्त्याल र दामोदर जि.सी.ले ३÷३ गोल र निशान तामाङ्गले १ गरेका थिए भने बाल मन्दिरका तर्फबाट सान्त्वना गोल गरेका सनम विक म्यान अफ द म्याच घोषित भएका थिए ।

झ) नवौ खेल
नवौं खेल धौलागिरि मा.वि. सिंगा र भिम मा.वि. राजदाङवीच भएको थियो । धौलागिरी मा.वि.का सज्जन आले र भीमका किस्मत शेरचनले १÷१ गोल गरेपछि निर्धारित समये बराबरीमा टुङ्गीएको थियो । पेनाल्टी सुट आउटमा भीम ४ का विरुद्ध ५ गोलले विजयी भएको थियो भने भिमका सज्जन गौचन म्यान अफ द म्याच घोषित भएका थिए ।

ञ) दशौ खेल
दशौ खेल बुद्ध एकेडमी र माउण्ट एभरेष्ट वीच भएको थियो । बुद्ध शून्यका विरुद्ध १ गोलले विजयी भएको थियो । बुद्धका निर्णायक गोल गर्ने निराजन पुन म्यान अफ द म्याच घोषित भएका थिए ।

ञ) एघारौं खेल
एघारौं खेल म्याग्दी एकेडेमी र गलेश्वर आदर्श आमावि वीच भएको थियो । म्याग्दी एकेडेमीका जेनिश केसी र गलेश्वरका कुशल पाईजाले निर्धारित समयमा १÷१ गोल गरी बराबरी भएपछि पेनाल्टीमा म्याग्दी ऐकेडेमी ४ का विरुद्ध ५ गोलले विजयी भएको थियो । म्याग्दी एकेडेमीका अभिषेक खत्री म्यान अफ द म्याच घोषित भएका थिए ।

ञ) बाह्रौ खेल
बाह्रौ खेल बेनी सामुदायिक र लोकदीप आमावि वीच भएको थियो । बेनी सामुदायिक शून्यका विरुद्ध ५ गोलले विजयी भएको थियो । बेनी सामुदायिकका गौतम केसी र दामोदर जिसीले २÷२ गोल र विजयी छिनालले १ गोल गरेका थिए भने गौतम केसी म्यान अफ द म्याच घोषित भएका थिए ।

३. क्वाटर फाइनलका खेलहरु
क) पहिलो खेल
क्वाटर फाइनलको पहिलो खेल न्यू वेष्ट प्वाईन्ट र भिम मा.वि. राजदाङ वीच भएको थियो । वेष्ट प्वाईन्टका आदित्य विक र निशान गौचनले २÷२ र मनिष श्रेष्ठ, सन्तोष हर्मेल र तेजिन घर्तिमगरले १÷१ गोल गर्दै शून्यका विरुद्ध ७ गोलले विजयी भएको थियो । म्यान अफ द म्याच आदित्य विक घोषित भएका थिए ।

ख) दोस्रो खेल
क्वाटर फाइनलको दोस्रो खेल केवि ऐकेडमी र बुद्ध एकेडेमी वीच भएको थियो । बुद्धका तर्फबाट नेत्र हुमेनले निर्णायक गोल गरी बुद्धलाई विजयी बनाएका थिए भने बुद्धकै भिजन मल्ल म्यान अफ द म्याच घोषित भएका थिए ।

ग) तेस्रो खेल
क्वाटर फाइनलको तेस्रो खेल बेनी बोर्डिङ्ग र म्याग्दी एकेडेमी वीच भएको थियो । बेनी बोर्डिङ्ग शून्यका विरुद्ध ३ गोलले विजयी भएको थियो । बेनी बोर्डिङ्गका तर्फबाट ३ गोल गर्ने सन्तोष छन्त्याल म्यान अफ द म्याच घोषित भएका थिए ।

घ) चौंथो खेल
क्वाटर फाइनालको चौंथो खेल जनप्रिय मावि दरबाङ र बेनी सामुदायिक बेनी वीच भएको थियो । बेनी सामुदायिक २ का विरुद्ध ४ गोलले विजयी भएको थियो । बेनी सामुदायिकका विजय छिनालले २ गोल, दामोदर जि.सी. र अनुश पुर्जाले १÷१ गोल त्यस्तै जनप्रिययका तेजिन्द्र घर्ति र इन्द्रमान रोकाले १÷१ गोल गरेका थिए भने बेनी सामुदायिकका विजय छिनाल म्यान अफ द म्याच घोषित भएका थिए ।

४. सेमीफाइनलका खेलहरु
क) पहिलो खेल
सेमीफाइनलको पहिलो खेल न्यू वेष्ट प्वाईन्ट र बेनी बोर्डिङ्ग वीच भएको थियो । वेष्ट प्वाईन्टका मनिष श्रेष्ठले ३, सन्तोष घर्तिमगर र आदित्य वि.क.ले १÷१ गोल गरी सून्यका विरुद्ध ५ गोलले विजयी भएको थियो भने वेष्ट प्वाइन्टका तेजिन घर्तिमगर म्यान अफ द म्याच घोषित भएका थिए ।

ख) पहिलो खेल
सेमीफाइनलको दोस्रो खेल बुद्ध एकेडेमी र बेनी सामुदायिक मावि वीच भएको थियो । बेनी सामुदायिकका विजय छिनालले गोल गरी अग्रता लिएपनि बुद्धका दिपेश बुढामगरले पेनाल्टी मार्फत र रोभिन तामाङ्गले निर्णायक गोल गरी बुद्ध एकेडेमीलाई विजयी बनाई पहिलो पल्ट फाईनलमा प्रवेश गराउनुका साथै म्यान अफ म्याच रोभिन तामाङ घोषित भएका थिए ।

५. प्रि–म्याच कन्फ्रेन्स
फाइनल खेलको पूर्व सन्ध्यामा शाखा अध्यक्ष जेसी खम थापा मगरको अध्यक्षता, गण्डकी प्रदेश सभा सदस्य माननीय विनोद केसीको प्रमुख आतित्थ्यता, अतिथिगण, म्याग्दी जेसीजका संस्थापक तथा पूर्व अध्यक्षहरुको उपस्थितिमा पूर्व अध्यक्ष जेसी विनय श्रेष्ठको सञ्चालनमा मूल संयोजक जेसी हरि भण्डारीको स्वागत र शाखा अध्यक्ष जेसी खम थापा मगरको धन्यवाद मन्तव्यमा प्रि–म्याच कन्फ्रेन्स सम्पन्न भयो । सञ्चालक श्रेष्ठले फाईनलमा पुग्न सफल न्यू वेष्ट प्वाईन्ट र बुद्ध एकेडेमीको जेसीज कप यात्रा सहितको इतिहास प्रस्तुत गरेपछि वेष्ट प्वाईन्टका खेल शिक्षक दिपेन राई र बुद्ध एकेडेमीका खेल शिक्षक सोनाम लामाले रणनीतिको व्याख्या सहित भनाई राखेपछि पत्रकारहरुका जिज्ञासाको उत्तर दुवै खेल शिक्षक र टिम क्याप्टेनले दिनु भएको थियो । संस्थापक अध्यक्ष सिनेटर रमेश कुमार श्रेष्ठको शुभकामना मन्तव्यसँगै प्रमुख अतिथि, अतिथि गण र म्याग्दी जेसीज परिवारको तर्फबाट दुवै विद्यालयका खेल शिक्षक, टिम क्याप्टेनलाई जेसीजकप प्रदर्शन गरी शुभकामना सहित प्रि–म्याच कन्फ्रेन्स समापन गरिएको थियो ।

६. मैत्रीपूर्ण खेल
नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई जनचेतना जगाउन म्याग्दी जेसीज र म्याग्दी जिल्लाका पूर्व खेलाडीहरु वीच मैत्रीपूर्ण फुटबल सम्पन्न भएको थियो । पूर्व खेलाडी दिपेन्द्र श्रेष्ठ (दिपु) ले गोल गरी अग्रता लिएको सो खेलमा म्याग्दी जेसीजका श्याम सुन्दर कंडेलले बराबरी गोल फर्काएका थिए । निर्धारित समयमा १–१ बराबरी भएपछि भएको पेनाल्टी सुटआउटमा म्याग्दी जेसीज ४ का विरुद्ध ५ गोलले विजयी भएको थियो ।

७. खेलाडी तथा रेफ्री सम्मान कार्यक्रम
फाइनल खेलकै पूर्वसन्ध्यामा प्रमुख अतिथि म्याग्दीका प्रदेश सभा सदस्य माननीय विनोद केसी, अतिथि गण, पूर्व अध्यक्ष लगायतको उपस्थितीमा महासचिव जेसी सन्दीप खत्रीको सञ्चालनमा छैटांै जेसीज कप फुटबल प्रतियोगिता २००७ मा सहभागी भै बेनी बोर्डिङ्ग सेकेण्डरी स्कूल बेनीलाई विजेता बनाउन सफल उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता दुवै बन्न सफल इपेन्द्र तिलिजा, जनप्रिय मा.वि. दरबाङलाई उप विजेता बनाउन सफल उत्कृष्ट गोलरक्षक उमेश फगामी र जेसीज कपको सुरुवाती वर्षहरुमा खेल सञ्चालन गरी सहयोग गर्ने रेफ्री खड्क केसीलाई सम्मान गरिएको थियो ।

८. आर्थिक सहयोग संकलन
फाईनल खेलकै पूर्व सन्ध्यामा म्याग्दी जेसीजको आब्हानमा संस्थापक, पूर्व अध्यक्ष र जेसीज सदस्यहरुको सक्रियतामा उपस्थित अतिथीगण तथा दर्शकहरुबाट बालजागृति प्रावि बगुवाखोला अध्ययनरत बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागि रु ५६ हजार आर्थिक सहयोग संकलन गरिएको थियो ।

९. फाइनल खेल
१८ औं जेसीज कप फुटबल प्रतियोगिताको फाईनल खेल न्यू वेष्ट प्वाईन्ट र बुद्ध एकेडेमी वीच भएको थियो । खेलमा वेष्ट प्वाइन्ट १ का विरुद्ध ८ गोलले विजयी हुँदै ह्याट्रीक गरि जेसीज कप पच गर्न सफल भएको थियो । वेष्ट प्वाइन्टका तर्फबाट मनिष श्रेष्ठ र अमित तामाङ्गले ३÷३ गोल, आदित्य विक र निशान गौचनले १÷१ गोल गरेका थिए । बुद्धको तर्फबाट एक मात्र सान्त्वना गोल नेत्र हुमेनले फर्काएका थिए । न्यू वेष्ट प्वाईन्टका अमित तामाङ्ग म्यान अफ म्याच घोषित भएका थिए । प्रतियोगिताको सम्पूर्ण म्यान अफ म्याच इन्फुल्यन्सियल व्याचलर्स क्लवले गरेको थियो । कार्यकारी उपाध्यक्ष जेसी सुजन बरुवालको सञ्चालनमा सामुहिक राष्ट्रिय गानको सम्मान, दुवै विद्यालयको स्कुल गानको सम्मानसँगै पर्वत जेसीजका अध्यक्ष जेसी मोहन आचार्य, नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, नेकपा म्याग्दी सचिव हरिकृष्ण श्रेष्ठले शुभकामना र प्रमुख अतिथी माननीय विनोद केसीले प्रमुख आतित्थ्यताको मन्तव्यका साथ खेलाडीहरुको हौसला प्रदान गर्नु भएको थियो ।

१०. पुरस्कार वितरण तथा समापन
फाइनल खेल लगत्तै विजेता न्यू वेष्ट प्वाइन्टलाई श्री लक्ष्मी प्रिन्टर्सले सौजन्य गरेको जेसीज कप, विजेता वेष्ट प्वाईन्ट र उप विजेता बुद्ध एकेडेमीलाई ट्रफि, चेक, नगद र मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै अनुशासित टिम केवि एकेडेमी दरबाङ्गलाई खगेश्वरी अवार्ड, उत्कृष्ट खेलाडी बुद्ध एकेडेमी नेत्र हुमेनलाई धमानसिंह अवार्ड, सर्वाधिक गोलकर्ता वेष्ट प्वाईन्टका मनिष श्रेष्ठलाई लक्ष्मी पुतली अवार्ड, उत्कृष्ट गोलरक्षक वेष्ट प्वाइन्टका सज्जन बराइलीलाई ईन्द्र अवार्डसाथ नगद र मेडल र ट्रफि प्रदान गरिएको थियो । साथमा द राईजिङ प्लेयर बेनी सामुदायिकका गौतम केसीलाई धन अवार्ड, उत्कृष्ट स्ट्राईकर बेनी सामुदायिकका विजय छिनाललाई रामजी अवार्ड, उत्कृष्ट डिफेन्डर न्यू वेष्ट प्वाईन्टका तेजिन घर्ति मगरलाई सरस्वती अवार्ड, उत्कृष्ट मिडफिल्डर वेष्ट प्वाईन्टका आदित्य विकलाई माया अवार्ड, उत्कृष्ट कोचको अवार्ड न्यू वेष्ट प्वाईन्ट आवासीय माविका दिपेन राईलाई एककुमारी÷कृष्णप्रसाद अवार्डका साथमा मेडल, ट्रफि, नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

महासचिव जेसी सन्दीप खत्रीले सञ्चालन गर्नु भएको सो पुरस्कार वितरण समारोहमा रेफ्रीहरु र सहयोगदाताहरुलाई समेत सम्मान गरिएको थियो ।
अत्यमा, २०७७ मा हुने १९ औं जेसीज कप फुटबल प्रतियोगिता–२०२० कोरोना भाईरस (कोभिड–१९) को कारणले सञ्चालन गर्न नसकिएतापनि यस वर्ष २०७८ मंसिर २१ देखि २५ गतेसम्म बेनीबजारको खुल्ला मञ्चमा सञ्चालन हुने भएको छ । उक्त प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि विगतका वर्षहरुमा झै सम्पूर्ण संघ संस्था महानुभावहरुबाट आर्थिक, नैतिक र भौतिक सहयोगको अपेक्षा गर्दछौं । प्रतियोगितामा सहभागी हुने सम्पूर्ण विद्यालयहरु र खेलाडीहरुलाई अग्रीम सफलताको शुभकामना ! जय जेसीज !