ताजा अपडेट

मुस्ताङको हिमपहिरोमा १२० चौंरी बेपत्ता

मुस्ताङ २९ कात्तिक । मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौंरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौंरीगाई बेपत्ता भएका हुन् । हिउँपहिरोले नाउरीकोटकी रनदेवी तुलाचनकाे घरको छानो उडाएको वडाअध्यक्ष... पुरा पढ्नुहोस

बेनीमा सडक दौड प्रतियोगीता आयोजना हुने

म्याग्दी २८ कात्तिक । जिल्ला खेलकुद बिकास समिति म्याग्दीको आयोजना र जिल्ला एथलेटिक्स संघ म्याग्दीको सहआयोजनामा आगामी मंसिर ४ गते म्याग्दी सदरमुकाम बेनीमा सडक दौड प्रतियोगीता संचालन हुने भएको छ । प्रतियोगीताको बारेमा आइतबार जिल्ला खेलकुद बिकास समितिको सभाहलमा एक कार्यक्रमको आयोजना गरि जानकारी गराईएको हो । मंसिर ४ गते... पुरा पढ्नुहोस

७८ बर्षका हजुरबुबा बाट ७ बर्षिया बालिका बलात्कृत

म्याग्दी २८ कात्तिक । म्याग्दीमा एक ७ बर्षिया बालिका आफ्नै हजुरबुबाबाट बलात्कृत भएकी छिन् । शनिवार अपरान्न करिब ४ बजे ७ बर्षिया बालिका आफ्नै ७८ बर्षका बृद्ध हजुरबुबाबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आफ्नै घरकी नातिनिलाई जवरजस्ती करणी गर्ने निज बृद्धलाई पक्राउ गरि आबश्यक अनुसंधान अघि बढाइएको... पुरा पढ्नुहोस

विकट गाउँमा पहिलो पटक मोवाईल सेवा पुगेपछि स्थानीय हर्षित

थम्मन थापा कात्तिक २८ बागलुङ । हिमाल पारीको जिल्ला मुस्ताङ पर्यटकीय र धार्मिक महत्व बोकेको जिल्लाको रुपमा चिरपरिचित छ । त्यहाँ पुग्ने जो कोहिलाई स्वर्गको अनुभुति हुन्छ र प्रकृतिको मनोरम दृश्य सँगै हिमालय श्रृङखलाले मनै लोभ्याउने गर्दछ । गुफा, धार्मिक स्थल, पर्यटकीय गन्तव्यहरुमा आनन्द लिन त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक... पुरा पढ्नुहोस

बालमैत्री शासन सम्बन्धी सरोकारवालासंग अन्तरक्रिया

म्याग्दी, २८ कात्तिक । बालबालिकालाई सबै प्रकारका हिंसा, दुव्र्यबहार र शोषणबाट मुक्त गराउने उद्देश्यले सामाजिक विकास कार्यालयले बाल मैत्री शासनसम्वन्धी सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम आईतबार सम्पन्न गरेको छ । कार्यालयले वडाका जनप्रतिनिधि, महिला तथा बालबालिका क्षेत्रमा काम गर्ने कर्मचारी, वडा सचिव र गैससस्थित कार्यालयका कर्मचारीहरुको उपस्थितमा बालमैत्री स्थानीय शासन कार्यान्वयन सम्वन्धी... पुरा पढ्नुहोस

भकिम्लीबाट फर्कदा बेपत्ता भएका श्रेष्ठको खोजी गरिदिन परिवारको आग्रह

म्याग्दी, २८ कात्तिक । बेनी नगरपालिका- १ अर्जमका भिमबहादुर श्रेष्ठ आठ दिन देखि बेपत्ता भएका छन् । भकिम्लीबाट फर्कदा बेपत्ता भएका ५३ बर्षिय श्रेष्ठ परिवारको सम्पर्कमा आउन सकेका छ्रैनन् । जंगलको बाटो हुदै फर्किने क्रममा बेपत्ता भएपछि आफन्तले खोज्नेक्रममा बेपत्ता भएको ठाउँमा टोपी भेटिएको अर्जमका कणर् प्रधानले बताए । टोपी... पुरा पढ्नुहोस

मानापाथि हिमालबाट मुस्ताङतर्फ भिषण हिम पहिरो

मुस्ताङ २८ कात्तिक । मुस्ताङको थासाङ गाउँपालिका—२ कोवाङ ,लार्जुङ र बोक्सी खोला माथिको हिमाली लेंकमा भिषण हिम पहिरो गएको छ । आईतबार बिहान करिव ११ बजेको समयमा भिषण हिम पहिरो गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार, थासाङ गापा माथि धौलागिरि रेञ्जमा पर्ने मानापाथी... पुरा पढ्नुहोस

कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा टंकप्रसाद पुन

म्याग्दी, २७ कात्तिक । नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’को सभापतिमा टंक प्रसाद पुन सर्वसम्मत चयन हुनुभएको छ । शनिबार जिल्लाको मालिका गाउँपालिका-६ दरबाङ स्थित छ्यारछ्यारेमा सम्पन्न अधिवेशनबाट मालिका गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष समेत रहनुभएका पुनको ेनेतृत्वमा सम्वसम्र्मत नयाँ कार्यसमिति चयन भएको हो । मतदान... पुरा पढ्नुहोस

नेपाली कांग्रेस प्रदेश क मा ओम छन्त्यालको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन

  म्याग्दी, २७ कात्तिक । नेपाली कांग्रेस प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति क को सभापतिमा ओम छन्त्याल सर्वसम्मत निर्वाचित भएका छन् । प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट छन्त्याल नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो । निर्वाचन अधिकृत रामजीप्रसाद सुवेदीका अनुसार उपसभापति पदमा भवबहादुर भण्डारी, सुजन बरुवाल, सचिव पदमा चक्रबहादुर केसी र... पुरा पढ्नुहोस

प्रेस सेन्टर गण्डकीको अध्यक्षमा काफ्ले सर्वसम्मत

  म्याग्दी,२७ कात्तिक ।प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको अध्यक्षमा स्याङ्जाका अर्जुन काफ्ले सर्वसम्मत चयन हुनुभएको छ । पोखरामा आज सम्पन्न प्रदेशको दोस्रो अधिवेशनले काफ्लेको अध्यक्षतामा ४१ सदस्सीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । प्रदेश समितिको वरिष्ठ उपाध्यक्षमा कास्कीका घनश्याम पाण्डेय, उपाध्यक्षमा बाग्लुङका राम थापा, समावेशी महिला उपाध्यक्षमा लमजुङका कमला... पुरा पढ्नुहोस