बेनीबाट बेग जादै गरेको बोलेरो जीप घात्पामा दुर्घटना

  • १३ मंसिर २०७८, सोमबार
  • 839 पटक पढिएको

म्याग्दी, १३ मंसिर । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका – १ बेग जादै गरेको बोलेरो जीप बेगस्थित घात्पामा दुर्घटना भएको छ।

बेनीबाट गाउँ फर्कदै गरेको निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्वरको बोलेरो जिप दुर्घटना हुदाँ सवार दुई जना पुरुषको मृत्यु भएको छ भने अन्य ६ जना घाईतेलाई उद्वार गरी थप उपचार लागि एम्वुलेन्समा बेनी अस्पताल पठाउने तयारी भएको बेगका दलप्रसाद तिलिजाले बताउनुभयो ।

बोेलरो जीप सडकबाट करिब एकसय पचास मिटर तल जंगलमा खसेको थियो । जिपका सवार यात्रुलाई स्थानीयले उद्धार गरी थप उपचारका लागि बेनी पठाएका छन् । प्रहरी घटनास्थल पुगेको छ दुर्घटनाको   विवरण पुरा नआएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।