राखुमा छायांकन गरिएको ‘किन मान्छौ डर’ गितको म्यूजिक भिडियो सार्वजनिक

  • १३ मंसिर २०७८, सोमबार
  • 238 पटक पढिएको

म्याग्दी,१३ मंसिर। ‘किन मान्छौ डर’ गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ। रघुगंगा गाउँपालिका- २ राखु भगवतीस्थित रहेका धार्मिक एवम् पर्यटकियस्थलमा छायांकन गरिएको सो गितको म्यूजिक भिडियो आईतबार सार्वजनिक गरिएको हो ।


चर्चित मोडल सुधिर श्रेष्ठ र उषा उप्रेतीले अभियन रहेको गितको छायांकन रघुगंगा गाउँपालिका- २ स्थित जन्मथलो गाउँ हटिया, भगवती कोतमन्दिर र पर्यटकियस्थल रुईसेमा भएको थियो ।

KINA MANCHHAU DAR || SUDHIR SHRESTHA || USHA UPRETI ||PRABIN BEDWAL ||SAMIKSHYA ADHIKARI – YouTube

सुदन श्रेष्ठको शब्द, प्रविन वेडवाल र समिक्षा अधिकारीको स्वरमा रहेको गितको संगित बसन्त सापकोटाले गरेका थिए । सो गितको भिडियो सुधिर श्रेष्ठ युटुव च्यानलबाट सार्वजनिक गरिएको छ। गितको भिडियो छायांकन गरिएको राखु भगवती हटिया गाउँ गितका लेखक र मोडल सुधिर श्रेष्ठको जन्मथलो हो ।