रघुगंगामा विद्यालयसंग डाक्टर कार्यक्रम प्रभाबकारी

  • १२ मंसिर २०७८, आईतवार
  • 847 पटक पढिएको

म्याग्दी १२ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकाले सञ्चालन गरेको विद्यालयसंग डाक्टर कार्यक्रम प्रभाबकारी बनेको छ । गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा डाक्टर सहितको स्वास्थ्यकर्मीको टोलीद्धारा घुम्ती रुपमा सचेतनामुलक कार्यक्रम गर्ने अयिभान सञ्चालन गरिएको हो ।

गाउँपालिकाभित्र रहेका ३३ वटै सामुदायिक विद्यालयमा पुग्ने गरि विद्यालयसंग डाक्टर कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, वडा नम्बर १ का ३ वटा, २ नम्बर वडाका ४ वटा र वडा नम्बर ३ का ४ वटा विद्यालयमा उक्त कार्यक्रम सम्पन्न गरिएको छ भने अन्य विद्यालयहरुमा निकट दिनहरुमा नै कार्यक्रम सञ्चालन गरिनेछ ।

गाउँपालिकाले सञ्चालन गरेको अस्थायी कोभिड अस्पतालका डाक्टर सन्तोष प्रसाद बोहराको नेतृत्वमा स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरि हरेक विद्यालयमा विद्यार्थी र शिक्षक कर्मचारीहरुको कोभिड परिक्षण, स्वास्थ्य परिक्षण संगै दिवा खाजा, विद्यालय स्वास्थ्य, बहुक्षेत्रिय पोषण लगायतका बिषयमा जनचेतनामुलक कार्यक्रहरु गर्ने गरिएको छ ।

स्वस्थ नागरिक उत्पादनको राष्ट्रिय लक्ष्यलाई पुरा गर्नका लागि विद्यालय तहदेखि नै पोषणयुक्त खाना र न्यूनतम स्वास्थ्य सतर्कताहरुको बारेमा अभियान सञ्चालनज गरिएको गाउँपालिकाले जनाएको छ । विद्यालयमा पुग्ने डाक्टर सहितको टोलीले स्वास्थ्यमा सुधार ल्याउन पौष्टिक आहारयुक्त भोजन, नियमित व्यायम र स्वास्थ्य सुरक्षाका बारेमा अभिमुखीकरण समेत गर्ने गरेको जनाईएको छ । विद्यार्थी र शिक्षकहरु मार्फत समाजमा स्वास्थ्य र पोषणको बारेमा सकरात्मक सन्देश प्रवाह गर्न विद्यालयसंग डाक्टर कार्यक्रमले सघाउ पु¥याउने लक्ष्य लिईएको प्रमुख प्रशासकिय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।