विशेष

बाढीपहिरो प्रभावितलाई मोनाद्धारा निर्माण भएका ४० घर हस्तान्तरण (तस्बिर/ भिडियाे)

म्याग्दी २० असार । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले म्याग्दीमा बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर बनाएको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएको घर निर्माण गरी पीडितलाई चावी हस्तान्तरण गरिएको हो । जिल्ला विपद् ब्यवस्थापन समिति, स्थानीय तहहरुसँग समन्वय गरी जग्गाविहिनलाई एकीकृत बस्ती... पुरा पढ्नुहोस

मल्कबाङको मुहार फेर्न कस्सीय थमबहादुर छन्त्याल

बेनी १८ असार । बसाइसराइको कारण सुनसान बन्न पुगेको गाउँमा शहर पसेकाहरु फर्कर्ने अवस्था अझै बनेको छैन् । अभाब र समस्याका कारण विकट बस्तीका मानिसहरु जन्मथलो छाडेर शहर पस्ने क्रम बढीनै रहेको छ । यस्तै समस्याबाट अछुतो छैन, म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङ पनि । भौगोलिक विकटताको कारण सुनसान जस्तै बन्दै... पुरा पढ्नुहोस

रुइसेबाट देखिएको रोमाञ्चक रुप (फोटो कथा)

म्याग्दी १७ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीको रुइसेमा निर्माण गरिएको भ्यू टावर । रघुगंगा गाउँपालिकाले निर्माण गरेको यस भ्यू टावरबाट धवलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छे लगायतका हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । यस टावरबाट रघुगंगा गाउँपालिकाको अधिकाँश भूगोल संगै बेनी बजारको सुन्दर दृष्य सहित म्याग्दी, पर्वत र बागलुङका ग्रामीण भुगोललाई समेत... पुरा पढ्नुहोस

निषेधाज्ञा उलंघन गर्ने ११ सवारीसाधनलाई कारबाही

बेनी, १७ असार । जिल्ला प्रहरी कार्यालय म्याग्दीले विहिबार निषेधाज्ञा उलंघन गर्ने ११ वटा सवारीसाधनलाई कारबाही गरेको छ । सदरमुकाम बेनी लगायतका स्थानमा प्रहरीले नियम उलंघन गरेर चलाउने सवारीसाधन नियन्त्रण लिएर कानुन बमोजिम कारबाही गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक विरेन्द्रराज गुरुङले जानकारी दिए । जिल्ला कोभिड संकट... पुरा पढ्नुहोस

संसद बचाउने दायित्व प्रधानमन्त्रीको थिएन र ?

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रतिनिधिसभा बचाउने दायित्व प्रधानमन्त्री केपी शर्मा ओलीको पनि होइन र ? भनेर प्रश्न गरेका छन् । संवैधानिक इजलासमा विघटन मुद्दा सुनुवाई गर्दै प्रधानन्यायाधीश जबराले प्रधानमन्त्री तर्फका अधिवक्ता परशुराम कोइरालालाई सोधे–‘भोट अफ कन्फिडेन्ट प्राप्त गर्न नसकेपछि, अर्को सांसदलाई समर्थन गर्ने उहाँको दायित्व थिएन र ?’ कोइरालाले जो... पुरा पढ्नुहोस

गण्डकी प्रदेश सभा सदस्य केसीलाई पितृशोक

म्याग्दी १७ असार । गण्डकी प्रदेश सभा सदस्य विनोद केसीलाई पितृशोक परेको छ । म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ बाट निर्वाचित साँसद केसीका बुबा खिमबहादुर केसीको विहिवार विहान आफ्नै निवासमा निधन भएको हो । बेनी नगरपालिका–८ निवासी ६४ बर्षिय केसीका दुई छोरा र श्रीमती हुनुहुन्छ । केसीका जेठा छोरा... पुरा पढ्नुहोस

सिमलचौरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाईते

म्याग्दी १६ असार । म्याग्दीमा बुधवार साँझ भएको जिप दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । म्याग्दी सदरमुकाम बेनीदेखि मंगला गाउँपालिका–१ पुर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप सोही गाउँपालिकाको वडा नम्बर २ सिमलचौरको मिठाैला, नेवारेखोलामा दुर्घटना हुँदा जिपमा सवार दुई... पुरा पढ्नुहोस

सरकार विरुद्ध बेनीमा विद्यार्थी संगठनको विरोध प्रदर्शन

म्याग्दी, १६ असार । विभिन्न दल निकट म्याग्दीका विद्यार्थी संगठनले सरकारले गरेको प्रतिनिधिसभा विघठनविरुद्ध विरेन्द्रचोकमा विरोध प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), नेकपा एमोल पार्टी (माधव पक्ष) अनेरास्ववियू लगायतले संयुक्त रुपमा सरकारका गलत कदम विरुद्ध सांकेतिक रुपमा विरोध प्रर्दशन गरेका... पुरा पढ्नुहोस

संसदको सिफारिस बिना प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न मिल्छ ?

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संविधानको धारा ७६ (७) को व्यवस्था अनुसार वर्तमान प्रधानमन्त्रीले संसदको सिफारिस नै नलिई कसरी प्रतिनिधिसभा विघटन गर्न मिल्छ भनेर प्रश्न गरेका छन् । धारा ७६ (५) को व्यवस्था अनुसार राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरी प्रतिनिधिसभा विघटन गर्न कसरी मिल्छ भन्ने उनको जिज्ञासा थियो । उपधारा–५ को प्रक्रियामा... पुरा पढ्नुहोस

रुइसेको पाखामा भेडा चराउँदै (फोटो फिचर)

बेनी, १४ असार । म्याग्दीका रघुगंगा गाउँपालिका–२ भगवतीको रुइसेको चरनक्षेत्रमा भेडा चराउँदै गरेका स्थानीय । पर्यटकीय क्षेत्र रुइसेमा परम्परागत भेडापालन पर्यटकको आकर्षणको रुपमा रहेको छ । यहाँका स्थानीयले भेडापालन थालेका छन् । भेडापालनको लागि बेशीदेखि हिमालको फेदीसम्म नै चरणको लागि घुम्ती गोठ राख्दै आइएको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस