बेनीमा जिल्लास्तरीय किशोरी सम्मेलन

  • ३ मंसिर २०७८, शुक्रबार
  • 1676 पटक पढिएको

म्याग्दी, ३ मंसिर । समाजका गलत अभ्यास न्युनिकरणमा किशोरीहरुलाई सचेत र सक्रिय बनाउन बेनीमा जिल्लास्तरीय किशोरी सम्मेलन गरिएको छ । संगम म्याग्दी, सामाजिक विकास कार्यालय, धवलागिरी गाउँपालिकासंग समन्वय र गल्स फस्ट फण्डको आर्थिक सहयोग जिल्लास्तरीय प्रथम किशोरी सम्मेलन गरिएको हो ।


समुदायमा रहेका गलत अभ्यासहरुलाई न्युनिकरण गराउने भूमिकामा किशोरीलाई सक्रिय गराउने उद्देश्यले २५ विद्यालयबाट एक सय भन्दा बढी विद्यार्थीहरुको उपस्थित भएको थियो । किशोरी सम्मेलन कार्यक्रममा संगम म्याग्दीका कार्यकारी निर्देशक भरतप्रसाद केसीले ११ बुदे घोषणा पत्र सार्वजनिक गरेका थिए । घोषणा पत्रमा उल्लेख गरिएको बुदाहरुलाई कार्यान्वयन गराउनका लागि सम्मेलनमा उपस्थित जनप्रतिनिधि, शिक्षक कर्मचारी र विद्यार्थी लगायतले हस्ताक्षर गरेर प्रतिवद्धता जनाएका थिए ।


घोषणपत्रमा बालबालिकाको अधिकार सुनिश्चित गर्ने, महिनावारी हुदाँ अध्यारो कोठा राख्ने प्रचलनलाई हटाउने, समाजमा रहेका अन्धविश्वास र रुढिबादी प्रचललन न्युनिकरण सक्रिय रहने, किशोरीलाई सुलभ शिक्षा दिन सराकोरवालाहरुलाई ध्यानाकर्षण गराउने, मुदायमा बालविवाह न्युनिकरण गर्न टोलटोलमा अभिभावकलाई सचेत गराउने काम सक्रिय हुने प्रतिवद्धता उल्लेख गरिएको छ।


समाजमा २० बर्ष मुनीको किशोरी विवाह रोक्ने, यौनशोषण, हिंसा वलात्कार जस्ता अन्य घटनाहरुको अन्त्य गराउने पक्षमा किशोरीहरु र सरोकारवालाहरु एक हुने प्रतिवद्धता जनाएका छन् । विद्यालयमा महिनावारी हुदाँ प्रयोग हुने प्याड अनिवार्य उपलब्ध गराउन स्थानीय सरकार र विद्यालयलाई माग गर्ने प्रतिवद्धताहरु उपस्थित छात्राहरुले घोषण पत्रमा उल्लेख गराएका छन् । समाजमा गलत प्रथाको रुपमा रहेको बालविवाह न्यूनिकरण, किशोरीहरुको क्षमता अभिवृद्धि र नेतृत्व विकाससम्वन्धी प्रशिक्षण गरिएको संगम म्याग्दीका अध्यक्ष दिपक पौडेलले जानकारी दिए ।

समाजमा रहेको गलत अम्यास न्युनिकरणको लागि किशोरीको क्षमता विकास गराउन यस कार्यक्रमले थप सहयोग पुगेको बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवालले बताईन । पालिकामा बालविवाह न्यूनीकरणमा किशोरीको भूमिका, किशोरी र जनप्रितिनिधिबीच अन्तक्रिया, किशोरी र अभिभावकबीच छलफल र आत्मरक्षा तालिम लगायतका कार्यक्रम स्थानीय तहका जनप्रतिनिधि, विद्यालय संचालक समिति र शिक्षकविच सहकार्य हुनुपर्नेमा किशोरीको माग थियो । किशोरी संजाल धवलागीरी गाउँपालिका अध्यक्ष करुणा परियारको अध्यक्षता, संगम म्याग्दीका शिक्षा अधिकृत चन्द्रप्रकाश बुढामगर संचालमा भएको सम्मेलनमा जिल्लाको अवस्थाबारे जानकारी गराका थिए ।