विशेष

मंगला गाउँपालिकामा सार्वजनिक सुनुवाई

म्याग्दी, २८ असार । मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० को तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ। बिहिबार बाबियाँचौरस्थित मंगर संघको सभाहलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित मंगलाबासीले कृषि र पशुपालनको अनुदान वितरणमा बास्तविक किसानलाई समेट्न आग्रह गरेका हुन् । सार्वजनिक सुनुवाईमा उपस्थित नेपाली कांग्रेस मंगला गाउँपालिकाका सभापति नरसिङ खत्रीले कृषि... पुरा पढ्नुहोस

बेनी अस्पतालको भवन निर्माणलाई तिब्रता दिन निर्देशन

बेनी, २८ असार । बेनी अस्पतालको ५० शैया क्षमताको भवन निर्माण कार्यलाई गति दिन म्याग्दीका सरोकारवालाहरुले सम्बद्ध कार्यालय र निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य माननीय हरिबहादुर भण्डारी, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, सामाजिक... पुरा पढ्नुहोस

म्याग्दी पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा (तस्बिर सहित)

बेनी, २८ असार । म्याग्दी जिल्लालाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका ६ वटै स्थानीय तहहरुमा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकाहरुले राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै खोपहरु पाईसकेको सुनिश्चिता भएपछि म्याग्दी जिल्लालाई पूर्णखोप सुनिश्चिताको दिगोपना कायम रहेको जिल्ला घोषणा गरिएको हो । १५ महिनासम्म र... पुरा पढ्नुहोस

पहिरोले लघुजलविद्यूत अवरुद्ध हुँदा लुलाङको सिंगो वडा अन्धकार

बेनी, २८ असार । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा रहेको ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युतगृह पहिरोले क्षति भएपछि गाउँ नै अन्धकार भएको छ । विहिवार विहान करिब १० बजे मरेनी स्थित विद्युतगृहदेखि माथिको भिरबाट खसेको पहिरोले विद्युतगृहमा पूर्ण रुपमा क्षति भएको छ । विद्युतगृहको महत्वपूर्ण उपकरणहरु पहिरोले पुरिएर... पुरा पढ्नुहोस

स्थानीय तहबाट करिब साढे नौ करोड राजश्व संकलन

  म्याग्दी, २८ असार । म्याग्दीका स्थानीय तहहरुले लक्ष्यभन्दा बढी राजश्व संकलन गरेका छन् । आन्तरिक आम्दानीको स्रोतको पहिचान र करको दायरा फराकिलो बनाएसंगै राजश्व संकलनमा बृद्धि हुन थालेको हो । म्याग्दीका ६ स्थानीय तहले चालू आर्थिक बर्ष २०७९/०८० मा करिब साढे नौ करोड रुपैयाँ राजश्व संकलन गरेका छन् ।... पुरा पढ्नुहोस

म्याग्दीमा १५ साना सिँचाइ योजना निर्माण

म्याग्दी २७ असार। कृषि ज्ञान केन्द्रमार्फत आर्थिक वर्ष २०७९/८० मा जिल्लामा १५ साना सिँचाइ आयोजना निर्माण भएका छन् । केन्द्रको अनुदान सहयोगमा कृषक, समूह र सहकारीले पोखरी, पाइपलाइन, नहर निर्माण तथा मुहान संरक्षण गरेका हुन्। एक पोखरी, दुई ठाउँमा नहर निर्माण र ११ ठाउँमा पाइपलाइन जडान गरेर करिब २ हजार... पुरा पढ्नुहोस

कृषि र भेटेरिनरीको सार्वजनिक सुनुवाई, कृषिको विकासमा सिँचाइको प्रवन्ध मिलाउने : मन्त्री जुग्जाली

  म्याग्दी, २५ असार । म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार) चालू आर्थिक वर्ष २०७९/०८० मा सञ्चालित वार्षिक कार्यक्रमहरुको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयुक्त आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न कार्यक्रममा... पुरा पढ्नुहोस

महतारेमा आमा समूहको अगुवाईमा ढिकी,जाँतोको संरक्षण

कमल खत्री बेनी, २५ असार : म्याग्दीको रघुगंगा गाउँपालिका–३ कलेजाबाङ्ग स्थित महतारे आमा समूहले परम्परागत ढिकी, जाँतोको संरक्षण गरेका छन् । परम्परागत रुपमा कुटानी र पिसानीको लागी प्रयोग हुँदै आएका ढिकी, जाँतो हराएर जाने अवस्था आएपछि सामुदायिक भवन नै बनाएर संरक्षण गरिएको आमा समूहका अध्यक्ष सन्तु भण्डारीले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस

म्याग्दीका ६० वर्षीय यम बहादुर केसीद्वारा खाली खुट्टै कैलाश पर्वतको परिक्रमा

  म्याग्दी २५ असार । हिन्दु तथा बौद्ध धर्मावलम्बी पवित्र धार्मिकस्थल कैलाश मानसरोवरको यात्रालाई स्वर्गसँग जोडेर हेर्छन्। हिन्दु धर्मावलम्बीहरुमा कैलाशको दर्शन गरेपछि स्वर्ग गइन्छ भन्ने जनविश्वास छ। हिन्दु र बौद्धसहित जैन र बोन धर्मका अनुयायी पनि कैलाश पर्वतको यात्रा तथा दर्शनका लागि पुग्छन्। हिन्दुहरुको पवित्र ग्रन्थ रामायणमा गरिएको बयानअनुसार मानसरोवरमा... पुरा पढ्नुहोस

एसइईमा औसत जिपिएका आधारमा म्याग्दीका विद्यालयहरुको नतिजा यस्तो छ

म्याग्दी २४ असार । राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा २०७९ ( एसइई ) को नतिजामा औसत जिपिएको आधारमा म्याग्दीमा लिटल गार्डेन एकेडेमि र गलेश्वर आदर्श आवासिय मावि पहिलो हुन सफल भएका छन् । विद्यालयबाट परिक्षामा सहभागी भएर उर्तिण भएका विद्यार्थीहरुको औसत जिपिएका आधारमा लिटल गार्डेन र... पुरा पढ्नुहोस