लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

  • ९ मंसिर २०८०, शनिबार
  • धिरन खत्री
  • 217 पटक पढिएको

 

म्याग्दी, ९ मंसिर । बेनीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सुरु भएको छ। बेनी नगरपालिकाको आयोजना र सामाजिक विकास कार्यालयको समन्वयमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको हो ।

जनप्रतिनिधि, महिला अधिकारीवादी विभिन्न संघसंगठनका प्रतिनिधिहरू, विद्यार्थी र सुरक्षाकर्मीहरूको सहभागितामा बेनी बजारमा प्रभातफेरीसंगै जिल्ला समन्वय समितिको सभाहलमा गरिएको १६ दिने अभियान कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य विमला गौचनले गर्नुभएको थियो ।


कार्यक्रममा प्रदेशसभा सदस्य गौचनले घरेलु हिंसा न्यूनिकरण लागि समाजमा सबैलाई लैंगिक हिंसाबारे सचेत गराउनुपर्ने बताउनुभयो उहाँले समाजमा अशिक्षा, गरिवी र चेतनाको कमिले समाजमा हिंसा कायम भएकोले यसलाई न्यूनिकरण लागि जनचेतना जगाउन लागि तीन तहको सरकार मिलेर लाग्नुपर्ने धारणा राख्नुभयो । चेतनाको कमि, आर्थिक अभाव र कानुनको प्रभावकारी कार्यान्वयनको अभावले घरेलु हिंसा बढेको उल्लेख गर्दै यसतर्फ प्रदेश सरकारले जनचेतना, आर्थिक उत्पादनसंग जोड्ने कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउनुभयो ।


बेनी नगरपालिकाका प्रमुख सुरत केसीले महिला हिंसा न्यूनीकरणका लागि सामाजिक क्षेत्रको विकास गर्न सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले भौतिक पूर्वाधारलाई मात्र विकास भनेर प्राथमिकता राख्दा लैंगिक हिंसाको गतिविधि समाजमा भईराखेको उल्लेख गर्नुभयो । उपप्रमुख ज्योति लामिछानेले महिला हिंसा न्यूनीकरणका लागि महिलालाई आत्मनिर्भर बनाउन उत्पादनसंग र रोजगारसंग जोडिनुपर्ने बताउनुभयो । आर्थिकको कारण हुने घरेलु हिंसालाई कम गर्न महिलालाई उत्पादनसंग जोड्न सिलाईकटाई, चप्पल बनाउने, कृषि उत्पादनसंग जोड्ने तालिम नगरले आमासमुह लगायतलाई उपलब्ध गराउदै आएको बताउनुभयो ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक मदन कुँवरले लैंगिक हिंसा अन्तरगत जवरजस्ती करणी, बालविवाह र घरेलु हिंसा बढी रहेको बताउनुभयो । यसलाई न्यूनिकरण गर्न राज्यले लगानी बढाउनुपर्ने धारण राख्नुभयो । त्यस्तै सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले समाजमा साक्षरता बढ्दै जाँदा लैंगिक हिंसा बढेको उल्लेख गर्नुभयो ।

नगरका सामाजिक विकास संयोजक चक्र केसीले नगरका सबै वडामा हिंसा विरुद्धको विभिन्न कार्यक्रम गरिने बताए । कार्यक्रमको अवसरमा जुना चलचित्र देखाईएको थियो । नगर उपप्रमुख ज्योतीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

  

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l