म्याग्दी समाचार

दाना–खुर्कोट प्रसारण लाइन तिब्र

म्याग्दी, २६ कात्तिक । कालीगण्डकी कोरीडोर अन्तरगत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको तार तान्न सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधिन जलविद्युत आयोजनाबाट उत्पादीत विद्युत केन्द्रीय ग्रिडमा जोड्नका लागि दाना र खुर्कोटमा सबस्टेशन तथा प्रशारण लाइन निर्माणलाई तिब्रता दिएको हो । ३९ किलोमिटर... पुरा पढ्नुहोस

कालोबजारी नियन्त्रणका लागि सरकार सशक्त छ : गृहमन्त्री थापा

म्याग्दी, २६ कात्तिक । गृहमन्त्री रामबहादुर थापाले देशमा कालोबजारी नियन्त्रणका लागि सरकार सशक्त रहेको बताएका छन् । बेनीस्थित जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रको सोमबार उद्घाटन गर्दै गृहमन्त्री थापाले कालोबजारी, मधिरा र लागुऔषधी न्युनिकरण गर्नका लागि सरकारले पहल गरेको बताए । मानवीय लापर्बाहीका कारण हुने क्षति... पुरा पढ्नुहोस

भिरबाट लडेर महिलाको मृत्यु

  म्याग्दी २६ कार्तिक । म्याग्दीको मंगला गाउँपालिका ५ अर्मनको हिलवाङमा भिरबाट लडेर आइतबार एक महिलाको मृत्यु भएको छ । खरबारीमा घाँस काट्ने क्रममा लडेर हिलवाङकी ४६ वर्षीया सतदेवी बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक लोकबहादुर गुरुङले जानकारी दिए । घर देखि करिब ५०० मिटर नजिकैको भिरमा... पुरा पढ्नुहोस

समाचारको प्रभाव : नगरपालिकाले सडकको छेउमा फालेको फोहोर हटायो

बेनी २५ कार्तिक । बेनी नगरपालिकाले बेनी–गलेश्वर सडक अन्तरगत रातोपहिरोमा सडककै छेउमा अब्यवस्थित रुपमा फालेको फोहोर आइतबार हटाएको छ ।म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको प्रवेश बिन्दुमा पर्ने जलेश्वरमा सडकमै फालिएको फोहोरका कारण दुर्गन्ध फैलीएर स्थानीयबासी, पर्यटक र तिर्थयात्रीहरु समस्यामा परेको विषयमा समाचार सार्वजनिक भएपछि नगरपालिकाले... पुरा पढ्नुहोस

पिङमा रमाउदै

नेपालीहरुको महान पर्व विजय दशमी र तिहारको अवसरमा रघुगंगा गाउँपालिका–२ पखटोलमा हालिएको पिङमा रमाउदै बालबालिका । बर्षको एकचोटी पैत्तलाले धर्ति छोड्नुपर्छ। भन्ने मान्यतालाई पुरा गर्न चाडपर्वको अवसरमा शहरदेखि गाउँमा पिङ हाल्ने परम्परागत सस्कृतिले निरन्तरता पाएको छ। तस्विर धिरन खत्री भगवती । म्याग्दी २५ कात्तिक । पुरा पढ्नुहोस

गलेश्वरमा शसस्त्र प्रहरीको गुल्म

म्याग्दी २५ कार्तिक । चिनको स्वशासीत क्षेत्र तिब्बतको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकको प्रवेशबिन्दु म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरमा शसस्त्र प्रहरीको गुल्म स्थापना भएको छ । कुश्मा स्थित चण्डिका गण अन्तरगत प्रहरी नायव उपरिक्षकको नेतृत्वमा शसस्त्र प्रहरीको गुल्म स्थापना भएको हो । गुल्ममा हाल ३५ जना प्रहरी खटिएका छन् ।... पुरा पढ्नुहोस

नगरप्रमुख श्रेष्ठ कोरीयामा

बेनी २५ कार्तिक । स्मार्ट खानेपानी आयोजना सम्बन्धि अन्तराष्ट्रिय विज्ञ सम्मेलनमा भाग लिन बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष सुवास कुमार श्रेष्ठको टोली शनिबार दक्षिण कोरीया पुगेको छ । एक हप्ता सम्म चल्ने गोष्ठिमा विश्वका विभिन्न देशमा लागू भएको स्मार्ट खानेपानी आयोजनाको बारेमा अनुभव आदानप्रदानका... पुरा पढ्नुहोस

गाउँको विकासमा किन्दुबासीको लाखौ लगानी

किन्दु, १५ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ किन्दुका बासिन्दाले करिब एक करोड रुपैया जुटाएर विकासका पूर्वाधार निर्माण गरेका छन् । पोखरा, काठमाडौ लगायत देशका विभिन्न सहर, बेलायत, हङकङ, दक्षिण कोरीया, अमेरीका लगायतका देशमा पुगेका किन्दुका बासिन्दाको सहयोग र स्थानीयको श्रमदानमा सडक, सामुदायिक भवन, सत्तल र खेलमैदान निर्माण भएको हो ।... पुरा पढ्नुहोस

देउसीभैलो खेलेर विद्यालयलाई सहयोग

बेनी, २३ कार्तिक । म्याग्दीको ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुले निजी स्रोतका शिक्षकको तलबभत्ताका लागि आर्थिक स्रोत जुटाउन तिहार पर्वको अवसरमा देउसी भैलो खेलेका छन् । परम्पराको संरक्षण र मनोरञ्जनका लागि देउसीभैलो खेलेर सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकको तलबभत्ताका लागि लाखौ रुपैयाँ जुटाएका हुन् । मालिका गाउँपालिका १ खहरेमा रहेको... पुरा पढ्नुहोस

गण्डकी प्रदेशमा भाषा संरक्षणका लागि प्राज्ञ प्रतिष्ठान गठनको तयारी

बेनी, २२ कार्तिक । नेपाल संम्वत ११३९ को स्वागतमा बिहीबार बेनीमा विबिध कार्यक्रम आयोजना गरिएको छ । नेपाल भाषा मंका खलको आयोजनामा शुभकामना आदानप्रदान, ¥याली र सम्मान कार्यक्रम गरेर नेपाल संम्वतको नयाँ वर्षको स्वागत गरिएको हो । राष्ट्रिय विभूति शंखधर साख्वाले वि.स ९३७ (ई.स८८०) मा गरिब जनताको ऋण मोचन गरी... पुरा पढ्नुहोस

To Top