बाख्रापालक कृषक संघको अध्यक्षमा पुन चयन

  • २४ माघ २०७५, बिहीबार
  • 2895 पटक पढिएको

बेनी २३ माघ । म्याग्दीका बाख्रापालक कृषकहरु आवद्ध बाख्रापालक कृषक संघको अध्यक्षमा अन्नपूर्ण गाउँपालिका २ भुरुङ्ग तातोपानीका वुद्धीबहादुर पुन चयन हुनुभएको छ ।

संघको बुधबार बेनीमा भएको दोस्रो अधिवेशनबाट संघको उपाध्यक्षमा तोरीपानीका आनन्द रिजाल, महासचिवमा नरबहादुर थापा, कोषाध्यक्षमा पूर्णबहादुर पाइजा र सचिवमा रश्मी भण्डारी कुँवर चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा डिजन शर्मा, भरतबहादुर मल्ल, यामबहादुर खड्का, हेमत् तिलिजा, सिता बरुवाल, हेमबहादुर खत्री र सञ्जय कुँवर रहनुभएको छ । संघका अध्यक्ष धनबहादुर श्रीसको अध्यक्षतामा भएको कार्यक्रममा भेटिरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पशु चिकित्सक जिवन आचार्य लगायतको उपस्थिती थियो ।