शैक्षिक संस्था बन्द गराउँदै हिँडेका विप्लवका दुई विद्यार्थी नेता पक्राउ

  • २४ माघ २०७५, बिहीबार
  • 2245 पटक पढिएको

म्याग्दी, २४ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी को भातृ संगठन अखिल (क्रान्तिकारी) का दुई विद्यार्थी नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार देशभरिका शिक्षण संस्था बन्द आह्वान गरेको र म्याग्दीमा समेत शैक्षिक संस्था बन्द गराउँदै हिँडेका अखिल क्रान्तिकारीका जिल्ला सचिब रोहित विक र सुसन किसानलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शैक्षिक संस्थालाई बन्द गराउँदै हिडेको अबस्थामा दुबै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर लोक बहादुर गुरुङले जानकारी दिनुभयो । केन्द्रिय संघर्षको कार्यक्रम अन्र्तगत जिल्लामा समेत शैक्षिक संस्था बन्द आह्वान गर्दा समेत अटेर गरेकाहरुलाई बन्द गराउँदै गर्दा नियण्त्रणमा लिईएका विद्यार्थी नेतालाई तुरुन्त विना सर्त रिहाईको लागि जिल्ला अध्यक्ष विनय खड्काले माग गर्नुभएको छ ।