दिवंगत चोखालका परिवारलाई सहयोग

  • २२ माघ २०७५, मंगलवार
  • 2233 पटक पढिएको

बेनी, २२ माघ । बेनी नगरपालिका ९ नेप्टेचौरमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले दिवंगत पुर्व कार्यालय सहयोगी हरिबहादुर चोखालको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक र कर्मचारीहरुले कमजोर आर्थिक अवस्था भएका चोखालको निधनपछि समस्यामा परेका परिवार तथा छोराछोरीको शिक्षामा सहयोग पुगोस भनेर ५३ हजार ७३७ रुपैयाँ सहयोग गरेका हुन् ।

३२ वर्षीय चोखालको माघ १६ गते निधन भएको थियो । चोखालका दुई छोरा, श्रीमती र ८० वर्षकी आमा हुनुहुन्छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर चोखाल, वडा अध्यक्ष बेलबहादुर चोखाल, प्रअ तारादेवी चोखाल बानिया लगायत शिक्षक कर्मचारीहरुको टोलीले घरमै पुगेर नगद हस्तान्तरण गर्नुभएको थियो ।

शिक्षक शंकर चोखालको नेतृत्वमा स्थानीयबासीहरुले चोखालको परिवारका लागि स्वदेश तथा विदेशमा सहयोग संकलन अभियान सञ्चालन गरिएको छ । जण्डीसबाट ग्रसीत चोखालको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।