म्याग्दी समाचार
रघुगंगा गाउँपालिकामा पनि निषेधाज्ञा
- 4 बर्ष, 5 महिना अगाडि
- २८ बैशाख २०७८, मंगलवार
बेनी, २८ वैशाख । तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न म्याग्दीको रघुगंगा गाउँपालिका क्षेत्रमा लकडाउन (निषेधाज्ञा) हुने भएको छ । वैशाख २९ गते राति १२ बजेदेखि जेठ ८ गते राति १२ बजेसम्म लकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) सिफारिस गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिका अध्यक्ष भण्डारीद्धारा निजी सवारीलाई एम्बुलेन्सको रुपमा परिचालन (भिडियाे )
- 4 बर्ष, 5 महिना अगाडि
- २८ बैशाख २०७८, मंगलवार
म्याग्दी २८ वैशाख । बढ्दो कोरोना संक्रमणको कारण विरामीहरुलाई आवत जावतमा यातायातको असुविधा भैरहेको सन्दर्भमा म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्षले आफ्नो निजी सवारीलाई एम्बुलेन्सको रुपमा परिचालन गर्नुभएको छ । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले आफ्नो निजी स्कार्पियो जिप कोरोना महामारीको समयमा विरामी बोक्ने लगायतको स्वास्थ्य सेवाको लागि परिचालन गर्नुभएको हो । https://www.youtube.com/watch?v=aOtuHiZJR_k... पुरा पढ्नुहोस
बेनी अस्पतालमा उपचारत कोरोना संक्रमित पुरुषको मृत्यु
- 4 बर्ष, 5 महिना अगाडि
- २८ बैशाख २०७८, मंगलवार
म्याग्दी २८ बैशाख । म्याग्दीको बेनी अस्पतालमा उपचारत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बेनी नगरपालिका ८ बस्ने ६० वर्षिय पुरूषको मंगलबार विहान अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । बेनीअस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवालका अनुसार, कोरोना पोजेटिभ भएपछि होम आईशोलेसनमा बसेका... पुरा पढ्नुहोस
बेनी नगरपालिकामा समुदाय स्तरमै पुगेर संक्रमितको खोजी गरिँदै (भिडियो)
- 4 बर्ष, 5 महिना अगाडि
- २८ बैशाख २०७८, मंगलवार
म्याग्दी २८ वैशाख । म्याग्दीमा कोरोना संक्रमणको दर बढ्दै गएपछि बेनी नगरपालिकाले समुदाय स्तरमै पुगेर संक्रमितको पहिचान गर्न अभियान चलाएको छ । कोरोना भाइरसको संक्रमण समुदाय स्तरमै फैलिएपछि रोकथाम र नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङमा परेका र कोरोनाको लक्षण देखिएका विरामीहरुको पिसीआर परिक्षणका लागि स्वाब संकलन गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत... पुरा पढ्नुहोस
म्याग्दीमा संक्रिय कोरोना संक्रमित २२८ पुगे, १० जनाको मृत्यु
- 4 बर्ष, 5 महिना अगाडि
- २७ बैशाख २०७८, सोमबार
म्याग्दी २७ वैशाख । म्याग्दीमा संक्रिय कोरोना संक्रमितको संख्या २२८ पुगेको छ । कोरोनाको दोस्रो लहर संगै कोरोना संक्रमणको जोखिम बढेको छ । सरकारि तथ्यांक अनुसार अहिले सम्म जिल्लामा १० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन । अहिले सम्म जिल्लामा जम्मा संक्रमित ५३७ पुगेको छ भने २९९ जनाले कोरोना... पुरा पढ्नुहोस
धौलागिरि गापाका ३७ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु
- 4 बर्ष, 5 महिना अगाडि
- २७ बैशाख २०७८, सोमबार
म्याग्दी २७ बैशाख । कोरोना भाइरसको संक्रमणबाट म्याग्दीमा थप एक जनाको मृत्यु भएको छ । म्याग्दीको धौलागिरि गाउँपालिका – २ का ३७ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको गण्डकी प्रदेशकाे स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ती अनुसार गण्डकी मेडिकल... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकामा लकडाउन लगाउन सिफारिस
- 4 बर्ष, 5 महिना अगाडि
- २७ बैशाख २०७८, सोमबार
म्याग्दी २७ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा फैलिउको कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले २७ गते सोमबार राति १२ बजेदेखि लागू हुने गरि ८ दिनका लागि लकडाउन गर्ने निर्णय गर्दै जिल्ला... पुरा पढ्नुहोस
म्याग्दीमा थप १८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या दुई सय नजिक
- 4 बर्ष, 5 महिना अगाडि
- २७ बैशाख २०७८, सोमबार
म्याग्दी, २७ वैशाख । म्याग्दीमा सोमबार थप १८ जनामा कोरोना पुष्टि भएको छ । लक्षण देखिएका र उपचारका लागि आएकाहरुको बेनी अस्पतालमा स्वास संकलन गरि पिसीआर परिक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । २३ गते २३ जनाको स्वाव संकलन गरि परिक्षणका लागि पठाएकोमा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको... पुरा पढ्नुहोस
कोरोना संक्रमितका लागि धवलागिरि अस्पतालमा शय्या र अक्सिजनको अभाव
- 4 बर्ष, 5 महिना अगाडि
- २७ बैशाख २०७८, सोमबार
बागलुङ, २७ वैशाख । धवलागिरि अस्पतालको आइसोलेशन कक्ष कोरोना सङक्रमितले भरिएको छ । अस्पताल भर्ना भएका २५ सङ्क्रमितमध्ये दुई जना सघन उपचार कक्षमा उपचाररत छन् । बाँकीले अक्सिजनको सहायतामा उपचार सेवा लिइरहेका छन् । ,कोरोनाका बिरामी दैनिक थपिँदै जाँदा अस्पतालमा शय्या र अक्सिजनको अभाव हुन थालेको छ । चिकित्सकीय सेवा... पुरा पढ्नुहोस
मालिका गाउँपालिकामा वैशाख २६ देखि जेठ ६ सम्म लकडाउन
- 4 बर्ष, 5 महिना अगाडि
- २६ बैशाख २०७८, आईतवार
म्याग्दी २६ वैशाख । म्याग्दीको मालिका गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेको छ । गाउँपालिकाले स्थानीय सरोकारवालाहरुसंगको छलफलपछी वैशाख २६ गते राति १२ बजेदेखि लागू हुने गरि जेठ ६ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा ( लकडाउन ) गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण दर बढ्दै गएकोले... पुरा पढ्नुहोस