म्याग्दी सुनचाँदी ब्यवसायी संघको अध्यक्षमा अमित बानीयाँ

  • ३ आश्विन २०७८, आईतवार
  • 800 पटक पढिएको

बेनी, ३ असोज । सदरमुकाम बेनीमा बानियाँ गहना पसलका संचालक अमित बानीयाँ म्याग्दी सुनचाँदी ब्यवसायी संघको अध्यक्ष भएका छन् । शनिबार बेनीमा भएको पाँचौ साधारण सभा तथा तेस्रो अबिधेशनबाट बानीयाँ अध्यक्षमा चयन हुनुभएको हो ।


कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा नारायण बराल, उपाध्यक्षमा भिमसेन बराईली, महासचिवमा कमल विश्वकर्मा, सचिवमा रामबहादुर विश्वकर्मा, कोषाध्यक्षमा दिनेश बराल र सह-कोषाध्यक्षमा नारायण प्रसाद सेन्चुरी चयन भएको उपाध्यक्ष भिमसेन बराईलीले जानकारी दिए ।

संघको सदस्यहरुमा प्रेम विश्वकर्मा, परमानन्द घमाल, लालबहादुर बिश्वकर्मा, शंकर बिश्वकर्मा, जितबहादुर विश्वकर्मा, सन्दिप अधिकारी र तारा बिश्वकर्माृ रहेका छन् । त्यस्तै आमन्त्रित सदस्यहरुमा गोबिन घमाल, भानु रामदान र श्रवण विश्वकर्मा छन ।

साधारणसभामा नेपाल सुनचाँदी ब्यवसायी महासंघ गण्डकी प्रदेशका उप-सभापति जीवनकुमार विश्वकर्मा, नेपाल सुनचाँदी ब्यवसायी महासंघका पुर्व केन्द्रिय सदस्य रामकृष्ण बराईली उपस्थित थिए । कार्यक्रममा निर्वतमान अध्यक्ष चन्द्रबहादुर विश्वकर्माको अध्यक्षतामा र महासचिव कमल विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।