विश्वमित्र सहकारीको अध्यक्षमा पुनः यामबहादुर बानियाँ

  • ३ आश्विन २०७८, आईतवार
  • 1089 पटक पढिएको

बेनी, ३ असोज। सदरमुकाम बेनीबाट कारोबार गर्दै आएको विश्वमित्र बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः यामबहादुर बानियाँ सर्वसम्मत चयन भएका छन । सहकारीको १० औँ साधारण सभा एवम चौथो अबिधेशनबाट पुनः बानियाँको नेतृत्वमा समिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा भोजबहादुर रिजाल, सचिव भिमबहादुर खत्री, कोषाध्यक्षमा गिता बोगटी रहेको समितिको सदस्यमा सुन्दर केसी, खेमबहादुर केसी, लक्षमण केसी, अर्जुन पौडेल, हिराबहादुर कुवंर कृष्ण बहादुर बोगटी, प्रेमबहादुर थापा, मुक्ति खड्का, पे्रमबहादुर जि.सी रहेको उपाध्यक्ष भोजबहादुर रिजालले जानकारी दिए ।

अधिबेशनबाट लेखासमितिको संयोजकमा कमला थापा बानियाँ, सदस्यमा कल्पना खत्री र रामबहादुर खत्री रहेका छन् । ऋण उपसमितिको संयोजकमा कृष्ण बहादुर बानियाँ सदस्यमा चन्द्रबहादुर बानियाँ र जयबहादुर अधिकारी रहेका छन्।

शिक्षा समितिको संयोजकमा देवी सुवेदी जिसी र सदस्यमा लालबहादुर काकी, खरिद उपसमितिको संयोजकमा ईश्वर पौडेल सर्वसम्वत रहेका छन् ।
साधारणसभामा कोषाध्यक्ष गीता बोगटीले ५४० जना शियर सदस्य रहेको सहकारीमा ३ करोड ३७ लाख ५३ हजार ८ सय रुपैया शियर पुजी रहेको जानकारी दिइन । साधारणसभामा उतकृष्ट कर्मचारी, कारोबारकर्ता लगायतलाई सम्मान गरेका थिए ।