माेना जापानको अध्यक्षमा सचिन श्रेष्ठ चयन

  • ३ आश्विन २०७८, आईतवार
  • 1120 पटक पढिएको

हिरा  बुढाथाेकी , टोक्यो । जापानको टोक्यो स्थित बारकाँडे नेपाली रेष्टुरेन्ट शिन-ओकुबुमा अाइतवार  सम्पन्न भएको मोना जापान केन्द्रीय समितको सातौ साधारण सभा मार्फत २ वर्षे कार्यकालको लागी सचिन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ ।

नवगठित कार्यसमितीकाे बरिष्ठ उपाध्यक्ष दिल केसी ( बिशाल ), महिला उपाध्यक्ष पबित्रा पुन क्षेत्रिय उपाध्यक्ष टिका छन्त्याल , उपाध्यक्षहरू हेम कुमार जुग्जाली, ओम प्रकास तुलाचन रहेका छन भने महासचिब – गणेश श्रेष्ठ सचिबमा सागर कार्की , कोषाध्यक्ष ज्ञानेन्द्र कार्की सह-कोषाध्यक्ष खिम बहादुर पुन, महिला संयोजक धना पुर्जा ,युवा संयोजक निराेज पुन , भेगिय स्ंयोजक भुपेन्द्र अर्याल , साँस्कृतिक संयोजक ढक प्रसाद जुग्जाली रहेका छन् ,। त्यसैगरि सदस्यहरुमा दिपक सुबेदी ,सिमन पुन ,रेखा केसी , प्रदिप मगर, जिवन थापा मगर र कबिता भट्टचन रहेका छन ।

चयन भएका कार्यसमितीले सपथ ग्रहण गरी पदभार ग्रहण गरेका थिए। मोना अन्तरअष्ट्रीय कार्यसमिती अध्यक्ष ओम प्रकाश जुग्जालीको भर्चुल माध्यम जुम मार्फत प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा जापानमा रहेका बिभिन्न संघ संस्थाका अध्यक्षहरु अतिथीका रुपमा सहभागी भएका थिए ।अथितिहरु द्वारा नयाँ कार्यसमिती लाई कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए अनौपचारिक कार्यक्रमको संचालन सागर कार्किले गरेका थिए भने औपचारिक कार्यक्रम महासचिब गणेश श्रेष्ठले समालेका थिए । कार्यक्रममा बिभिन्न प्रस्तुत नृत्य प्रस्तुत हुनुका साथै लोक गायन समेत प्रस्तुत भएको थियो ।