संविधान दिवसका अवसरमा म्याग्दीका चार जना विभूषित

  • ३ आश्विन २०७८, आईतवार
  • 1465 पटक पढिएको

म्याग्दी ३ असोज । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट म्याग्दीका चार जना विभिन्न पदकबाट विभूषित हुने भएका छन् । दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले बिभिन्न मानपदवी तथा अलंकारबाट ९ सय ३ जनालाई सम्मान गर्ने घोषणा गर्नुभएको हो ।


राष्ट्रपति कार्यालयबाट जारी बक्तव्य अनसार, स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साल प्रबल जनसेवाश्री पदकबाट विभूषित हुनुहुने भएको छ । यो पदक ३१७ जनालाई प्रदान गरिएको छ । म्याग्दीमा खोप अभियान र कोरोना महामारीको समयमा लम्सालले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

त्यसैगरि म्याग्दीकै तीन जना जनसेवाश्री पदकबाट विभूषित हुने भएका छन् । यो पदक पाउनेहरुमा सामाजिक अभियान्ता मंगला गाउँपालिका–४ निवासी सपना रोका मगर, बाल समाजसेवी मंगला गाउँपालिका–१ पूर्णगाउँ घर भई पोखरा बसोबास गर्दै आउनुभएकी प्रियन्सा रेग्मी, टेवल टेनिस खेलाडी अपाङ्ग भएका धवलागिरि गाउँपालिका–७ निवासी केशव थापा रहनुभएको छ । यो पदक ११६ जनालाई प्रदान गरिने भएको छ ।