मोना क्षेत्रिय समितीले मोना जापानको महाधिबेसन बहिष्कार

  • ३ आश्विन २०७८, आईतवार
  • 1589 पटक पढिएको

बेनी, ३ असोज । ब्यवसाय, रोजगार र पढाईको शिलशिलामा जापाना पुगेको म्याग्देलीहरुको साझा संस्था मोना जापानको सातौ औँ अधिबेसनको पुर्वसन्ध्यामा मोना क्षेत्रिय समितिले विरोध गरेको छ। मोना जापान संस्थाको विद्यान र सांगठनीक संरचनाप्रति क्षत्रिय समितिले असहमति राख्दै महाधिवेशन बहिष्कार गरेका हुन्

क्षेत्री समितिले माग अनुसार संस्थाको विद्यानको संसोधन, भूगोलको समावेशी प्रतिनिधित्व र सह-अस्तित्वको सुनिश्चितता माग राख्दै अधिबेशन बहिष्कार गरिएको मोना सेन्दाई क्षेत्रीय समितिका निवर्तमान अध्यक्ष कमल बानियाँले बताए ।

महाधिवेशन तत्काल स्थगित गरी छलफलको बातावरणको माग गर्दै थथास्थितमा हुने महाधिवेशनमा जापानमा रहेका क्षत्रिय समितिहरुले बहिष्कार गरिएको बानियाँले बताए । मोना जापानको प्रस्ताबित बिधानमा क्षेत्रिय समितीहरुलाई अनाबश्यक हस्तक्षेप गर्ने प्राबधान राखेपछी सबै क्षेत्रिय समितीले विद्यान संसोधनको माग राख्दै आएका थिए ।

पटक पटक कार्यकारी समितिलाई क्षेत्रमैत्री विद्यान बनाउन माग गरेपनि सुनुवाई नगरी थथास्थितिमा महाधिबेशन गरेपछि क्षेत्रीय समिति रहेका मोना क्युस्यु, नागोया, सिजुओ, सेन्दाईका अध्यक्ष तथा निर्वतमान अध्यक्षले विरोध गर्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन् ।