बेनी नगरपालिका–६ मा माओवादी केन्द्रबाट नगेन्द्र केसी वडा अध्यक्षका उम्मेदवार

  • २३ चैत्र २०७८, बुधबार
  • 1031 पटक पढिएको

म्याग्दी २३ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिका–६ मा नेकपा (माओवादी केन्द्र)ले युवा नेता नगेन्द्र केसीलाई वडा अध्यक्ष पदमा उम्मेदवार बनाउने भएको छ । बुधवार बसेको वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा केसीलाई वडा अध्यक्षमा उठाउने निर्णय गरेको हो ।

वाईसीएल नेपालको केन्द्रिय सदस्य तथा म्याग्दी इन्चार्ज समेत रहनुभएका केसी नेकपा (माओवादी केन्द्र)को जिल्ला समन्वय समिति सदस्य समेत हुनुहुन्छ । वडा कमिटी अध्यक्ष यादब सुवेदीको अध्यक्षतामा बसेको बैठकले वडा अध्यक्ष पदको उम्मेदवार सर्वसम्मत रुपमा टुंगो लगाएको र अन्य पदहरुमा भने थप छलफल गरि टुंगो लगाउने निर्णय भएको नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिनुभयो ।

माओवादीको यस अघि बेनपा–१ मा निशान थापा, ३ मा पदम पुन, ४ मा भगवान खड्का, ८ मा किसान विश्वकर्मा, मालिका गाउँपालिका–१ मा तिलक पुन, ३ मा मोतिप्रसाद बुढा, धवलागिरी गाउँपालिका–६ मराङमा चक्र पुन, रघुगंगा गाउँपालिका– २ भगवतीमा नरबहादुर भण्डारी, मालिका गाउँपालिका–४ मा रेशम पुन, मालिका–७ बिममा रुविन जुग्जाली, धवलागिरी–७ ताकममा अशोक खत्रीलाई र अन्नपुर्ण गाउँपालिका– २ मा ओमप्रसाद फगामीलाई लाई अध्यक्ष पदको उम्मेदवार टुंगो लगाइसकेको छ ।