म्याग्दीमा जिल्ला बाल सञ्जाल गठन

  • २३ चैत्र २०७८, बुधबार
  • 1279 पटक पढिएको

म्याग्दी २३ चैत । म्याग्दीमा जिल्ला बाल सञ्जाल गठन भएको छ । सामाजिक विकास कार्यालयको आयोजनामा बुधवार बेनीमा सम्पन्न म्यागदी जिल्ला स्तरीय बाल सञ्जाल गठन तथा परिचालन सम्बन्धी आयोजित जिल्ला बाल भेलाबाट तानिया रन्तिजाको अध्यक्षतामा जिल्ला बाल सञ्जालको गठन गरिएको हो ।


समितिको उपाध्यक्षमा सुमन विश्वकर्मा,सचिबमा विक्की सुवेदी, कोषाध्यक्षमा मुना घर्ति मगर, सहसचिबमा प्रभा सुनार चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा रमित रसाईली, प्रमिला रसाईली, सुस्मा परियार, अभिषेक पौडेल, सिज्जल विक, माईकल पुन रहनुभएको छ ।


जिल्लाको सबै पालिका स्तरीय बाल सञ्जालबाट प्रतिनिधित्व गर्दै आएका बालबालिकाहरुबाट सञ्जालको गठन गरिएको हो । बालबालिकाहरुलाई गोलबद्ध गर्दै उनीहरुका अधिकारलाई सुनिश्चित गर्नका लागि पौरवी गर्न सञ्जालको भूमिका महत्वपूर्ण हुने सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले बताउनुभयो ।


भेलामा बालअधिकार बिषयमा जिल्ला न्यायाधीश तेजनारायण पौडेल, प्रदेश समन्वय अधिकृत बद्रि वाग्ले, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विरेन्द्र गुरुङ लगायतले सहजीकरण समेत गर्नुभएको थियो । सहभागी अभिषेक पौडेलको अध्यक्षता र सामाजिक विकास कार्यालयका प्रशासन अधिकृत बाबुराम आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । भेलाले बालबालिकाको अधिकार सम्बन्धी ११ बुँदे म्याग्दी घोषणापत्र समेत जारी गरेको छ । संयुक्त राष्ट्रसंघको मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र र नेपालको संविधानले गरेका बालबालिकाको मौलिक हकको व्यवहारीक कार्यान्वनको लागि सरोकारवालाहरुको ध्यानकर्षण गराउँदै घोषणापत्र जारी गरिएको छ ।