जन्मदिनको अवसरमा विद्यालयलाई सहयोग

  • २३ चैत्र २०७८, बुधबार
  • 683 पटक पढिएको

म्याग्दी, २३ चैत । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको डाँडाखानीमा रहेको बालप्रिय सारदा आधारभूत विद्यालयका शिक्षक देवी सुवेदी निहुरेले जन्मदिनको अवसरमा विद्यालयलाईसहयोग गर्नुभएको छ । सुवेदीले विद्यालयलाई रु २५ हजार नगद सहयोग गर्नुभएको हो ।


आफ्नो जन्मदिनको अवसरमा उहाँले विद्यालयका प्रअ जमुनाकुमारी रोकालाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । विद्यालयको विकासमा सहयोग पुगोस भन्ने उदेश्यले सहयोग गरिएको सुवेदीले बताउनुभयो । उक्त अवसरमा सुवेदीले विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत वितरण गर्नुभएको थियो । जन्मदिनमा फजुल खर्च गर्ने प्रचलन बढीरहेको समयमा शिक्षक सुवेदीले विद्यालयलाई र विद्यार्थीहरुलाई सहयोग गरि पुन्यको काम गरेको भन्दै प्रअ रोकाले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।