म्याग्दी समाचार

बेनी नगरपालिकामा उम्मेदवारी फिर्ता लिएर काँग्रेस र माओवादीको चुनाबी तालमेल

म्याग्दी १६ वैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकाम नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र) बिच अन्तीम समयमा चुनाबी तालमेल भएको छ । मनोनयन दर्ता सम्म नगरको मेयर उपमेयरमा एक्लाएक्लै उम्मेदवारी दिएका दलहरुमा उम्मेदवारी फिर्ताको समयमा मात्रै चुनाबी तालमेल गर्ने सहमती जुटेको हो । पाँच दलित... पुरा पढ्नुहोस

राखु भगवतीमा माओवादी केन्द्रको घरदैलो अभियान तीव्र

म्याग्दी, १६ बैशाख । नेकपा (माओबादी केन्द्र) बाट रघुगंगा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष लगायत पदका उम्मेदवारहरुले वडानम्वर २ राखु भगवतीमा शुक्रबार घरदैलो अभियान गरेका छन् । गाउपालिका अध्यक्षकी उम्मेदवार मिना विक, उपाध्यक्ष उम्मेदवार रिम कटुवाल र वडाअध्यक्ष उम्मेदवार नरबहादुर भण्डारी लगायत उम्मेद्वाहरुले घरदैलो गर्नुभएको हो । राखु भगवतीमा वडा... पुरा पढ्नुहोस

मलम्पारका छन्त्याललाई उपचारमा आर्थिक अभाब, सहयोग गरीदीन सबैमा अपील

म्याग्दी, १६ बैशाख । जटिल रोगले ग्रसित भएका म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङका रनबहादुर छन्त्याललाई उपचारमा आर्थिक अभाव भएको छ । मल्कवाङस्थित मलम्पार स्थायी ठेगना भएका ३० बर्षिय युवा छन्त्यालमा मुटु, कलेजो, मृगौला र हाइड्रोशिलमा समस्या देखिएपछि परिवारले उहाँको उपचार गराउदै आउनुभएको छे । पोखरास्थित गण्डकी अस्पतालमा विगत ६ महिनादेखि परिवारले... पुरा पढ्नुहोस

जलजलामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त चुनाव परिचालन समिति गठन

पर्वत १६ वैशाख ।  पर्वत जिल्लाको जलजला गाउँपालिका–७ धाईरिङमा आसन्न स्थानीय तह निर्वाचनका लागि बिहिबार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त चुनाव परिचालन समिति बनाएका छन् । वैशाख ३० गते हुने स्थानीय तह चुनावमा पालिकाभर साझा उमेद्वार बनाएका काँग्रेस र माओवादीका कार्यकर्ताको विभिन्न बिभाग परिचालन समिति बनाएका हुन् ।... पुरा पढ्नुहोस

ताकममा काँग्रेस–माओवादीको संयुक्त चुनाव परिचालन समिति

बेनी, १५ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा आसन्न स्थानीय तह निर्वाचनका लागि बिहिबार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त चुनाव परिचालन समिति बनाएका छन् । वैशाख ३० गते हुने स्थानीय तह चुनावमा पालिकाभर साझा उमेद्वार बनाएका काँग्रेस र माओवादीका कार्यकर्ताको भेलाले तेजेन्द्रबहादुर थापा संयोजक र बिपिन पौडेल सहसंयोजक... पुरा पढ्नुहोस

रघुगंगामा काँग्रेसका उमेद्वार भण्डारी विरुद्ध परेको उजुरी खारेज

म्याग्दी १५ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट अध्यक्षका उमेद्वार भवबहादुर भण्डारी विरुद्ध परेको उजुरी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ । गाउँपालिका अध्यक्षमा उम्मेदवार बन्नुभएका नेकपा एमालेका प्रेमबहादुर कार्की र स्वतन्त्र उमेद्वार सागर भण्डारीले वैशाख १३ गते काँग्रेसका उमेद्वार भण्डारी विरुद्ध गाउँपालिकाको जग्गा ब्यवस्थापनका क्रममा व्यक्तिगत जग्गामा... पुरा पढ्नुहोस

उम्मेदवारी दर्तासँगै मालिकामा माओवादी केन्द्रको घरदैलो अभियान तिव्र

म्याग्दी, १५ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्तासंगै म्याग्दीमा माओबादी केन्द्रका उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । गाउँ–गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन माओवादी केन्द्रबाट उम्मेदवारसंगै कार्यकर्ताहरुले पार्टीको घोषणापत्र र कार्यसूची बोकेर घर–घरमा पुगेका छन् । मालिका गाउँपालिकाको अध्यक्षका उम्मेदवार नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजकले... पुरा पढ्नुहोस

कागबेनी मोडमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु १२ जना गम्भिर घाईते

सुन्दरकुमार थकाली । जोमसोम, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र  ४ कागबेनी मोडमा ना ५ ख २१४९ नम्बरको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना यात्रु गम्भिर घाईते भएका छन् । बस बिहिबार दिउँसो ४ बस दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुक्तिनाथ मन्दिर दर्शन... पुरा पढ्नुहोस

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

म्याग्दी १५ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दरवाङ देखि बाबियाचौर जादै गरेको ग९प–७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक राजन ढकालले किसानको घटनास्थलमै... पुरा पढ्नुहोस

उम्मेदवारी दर्तासँगै एमालेका उम्मेदवारद्वारा म्याग्दीमा घरदैलो अभियान सुरु

म्याग्दी १४ वैशाख । आउँदो वैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गरेसँगै म्याग्दीमा नेकपा एमालेका उम्मेदवारको घरदैलो अभियान सुरु भएको छ । निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले घरदैलो अभियान थालेका हुन् । यसैक्रममा आज बुधवार म्याग्दी सदरमुकाम बेनीबजारमा बेनी... पुरा पढ्नुहोस