तीज पर्वमा राखुमा पुर्खौली लाखे नाच प्रर्दशन (फोटोपिचर)
- १४ भाद्र २०७९, मंगलवार
- धिरन खत्री
- 661 पटक पढिएको
म्याग्दी, १४ भदौ । हरितालिका तीजको अवसरमा रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा लाखे नाच प्रदर्शन गरिएको छ । हटियामा बसोबास गर्दै आएका नेवार समुदायले पुर्खौली कलासस्कृतिको लाखे नाच देखाएका हुन् । काठमाण्डौ, पोखरा, कुस्मा, बेनी बसोबास गर्ने नेवारहरुले यस बर्ष पुर्खौली जन्मथलो हटिया पुगेर लाखे नाच देखाएका थिए ।
तिजको अवसरमा लाखे नाचसंगै जोगी, नागा नागिनी र रोपाई नाच प्रर्दशन गरिएको थियो । नेवारको एतिहासिक भिमसेन मन्दिरबाट सुरु भएको लाखे नाच भगवतीको मैदानमा पुगेर सो नृत्यहरु प्रर्दशन गरिएको थियो । ६ बर्षको अन्तरालमा देखाएको लाखे नाचँ हेर्न राखुबासी दर्शकको बाख्लो उपस्थित मैदानमा भएको थियो ।
हटियाको पुर्खौली लोपोन्मुख लाखे नाच धेरै बर्षपछि युवाहरु मिलेर अग्रजको दिशानिर्देशबाट संस्कृति संरक्षण तथा प्रर्दशन गरिएको मिलन कुमार श्रेष्ठले बताए ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l