कांग्रेसले प्रदेश ‘क’ र ‘ख’ को आकांक्षी उम्मेदवारको नाम सिफारिस
- १४ भाद्र २०७९, मंगलवार
- 691 पटक पढिएको
म्याग्दी, १४ भदौ । नेपाली कांग्रेस म्याग्दीको क्षेत्र ‘क’ र ‘ख’को कार्यसमितिले आसन्न प्रदेश सभा सदस्य चुनावका लागि आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ ।
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि क्षेत्र क र ख ले आकांक्षी उम्मेदवार छनोट गरेर जिल्ला समितिमा सिफारिस गरेको हो ।
सोमबार बेनीमा भएको प्रदेश क को भेलाले प्रत्यक्षतर्फ हरिकुमार श्रेष्ठ, ओम छन्त्याल, क्या. मिनबहादुर कार्की, क्या. डमबहादुर गर्बुजा र समानुपातिक तर्फ विमला गौचन, अनोद श्रेष्ठ, मुकुन्द छन्त्याल र कमल विश्वकर्माको नाम सिफारिस गरिएको हो ।
त्यस्तै क्षेत्र ख को सोमबार दरवाङ बसेको भेलाले संघको समानुपातिकमा युवा नेता श्रीप्रसाद रोकामगरलाई सिफारिस गरेको छ । त्यस्तै प्रदेश ख को प्रत्यक्षतर्फ मनमोहन बुढाथोकी छन्त्याललाई उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गर्दै जिल्लामा सिफारिस गरेको थियो ।
प्रदेश समानुपातिक तर्फ खिमबहादुर पुर्जा, देवीकुमारी बुढा, यामबहादुर हर्मेल, तमबहादुर थापा, तेजिन्द्र थापा, कमरा पेटल र अपाङ्गताबाट सुरेन्द्र खत्रीलाई सिफारिस गरिएको छ । आकांक्षी उम्मेदवारको जिल्ला हुदै प्रदेश समितिमा पठाईने छ ।