म्याग्दी समाचार

गुर्जामा निशूल्क स्वास्थ्य शिविर, दुई सय जना लाभान्वित

बेनी, २० वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा मंगलबार आयोजित निशूल्क स्वास्थ्य शिविरबाट दुई सय जना लाभान्वित भएका छन् । वडा कार्यालयसँग समन्वय गरेर शिविर आयोजना गरेको द नानुम पल्स र मुगुङ्गवा वेलफेयर वल्र्डले गुर्जा स्वास्थ्य चौकीलाई १४ लाख ८४ हजार चार सय मूल्य बराबरको औषधी उपकरण सहयोग गरेका छन्... पुरा पढ्नुहोस

दिच्याममा कांग्रेसको चुनावी कार्यक्रम

बेनी २० वैशाख । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दिच्याममा चुनावी कार्यक्रम गरेको छ । मंगबार आयोजित चुनावी कार्यक्रममा कांग्रेसका उम्मेद्धारहरुले आफ्ना भावी योजनाहरुका बारेमा मतदातालाई बुझाउँदै मत दिन आह्वान गरे । निवर्तमान अध्यक्ष समेत रहनुभएका गाउँपालिका अध्यक्षका उम्मेद्वार श्रीप्रसाद रोका मगरले सबैको सहयोगमा पहिलो स्थानीय तहको चुनावमा... पुरा पढ्नुहोस

मुनामा गठबन्धनका उमेद्वारले भने ‘हामी विकास गरेर देखाउछौ’

मुना, २० वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका साझा उमेद्वारले सन्तुलित र दिगो विकासमा प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभएको छ । दुवै दलले संयुक्त रुपमा गाउँपालिकाको केन्द्र मुनामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्षका प्रत्यासी काँग्रेसका प्रेमप्रसाद पुन र उपाध्यक्षका उमेद्वार रेशम पुनले धवलागिरीको समग्र... पुरा पढ्नुहोस

एमाले धवलागिरिको लुलाङमा चुनाबी सभा

म्याग्दी २० वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङमा  मङ्गलबार नेपाल कम्युनिष्ट पार्टी (एमाले)को चुनावलक्षित कार्यक्रम सम्पन्न भएको छ । एमाले धवलागिरि गाउँपालिका कमिटीको आयोजनामा आउँदो ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर चुनाबी सभा, घरदैलो र मतदाता भेटघाट गरिएको हो । लुलाङको चुनाबी सभालाई सम्बोधन गर्दै एमाले गण्डकी... पुरा पढ्नुहोस

गठबन्धनका उमेद्वारको रत्नैचौरमा आमसभा, बस्ती–बस्तीममा घरदैलो

म्याग्दी २० वैशाख । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उमेद्वारको टोलीले मंगलबार बेनी नगरपालिका–१, रत्नेचौरमा सभा तथा वडाको विभिन्न टोलमा चुनाव प्रचार कार्यक्रम गरेका छन् । रत्नेचौरमा आमसभामा गरी मेयरका उमेद्वार काँग्रेसका चिरञ्जिवी शर्मा र उपमेयरका उमेद्वार माओवादीका ज्योती लामिछाने पौडेले लामागरा, सारेमारे, उपल्लाचौर, माथिल्लो र तल्लो अर्जममाघरदैलो... पुरा पढ्नुहोस

जब मतदाताले उम्मेदवारलाई ढोगेरै आँसु खसाल्दै दिए बधाई ( तस्वीर )

म्याग्दी १९ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको फुलडाँडामा गाउँपालिका अध्यक्षका उम्मेदवार मिना विश्वकर्मालाई स्थानीयबासीले खुट्टा ढोगेर बिजयीको शुभकामना दिनुभएको छ । अहिले मतदाताले उम्मेदवारलाई हर्षित भएर खुट्टानै ढोगेर बधाई दिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गाउँपालिका... पुरा पढ्नुहोस

लुलाङमा काँग्रेस–माओवादीका उमेद्वार

लुलाङ, १९ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा सोमबार नेपाली काँग्रेस र नेकपा (माओवादी)का उमेद्वारहरुले चुनाव प्रचार गरेका छन् । नेपाली काँग्रेसबाट गाउँपालिकाका अध्यक्षका उमेद्वार प्रेमप्रसाद पुन, उपाध्यक्षमा माओवादी केन्द्रका रेशम पुन, वडा अध्यक्षमा काँग्रेसका ज्ञानबहादुर पाइजा लगायतको टोलीले घरदैलो, मतदाता भेटघाट र चुनावी सभा गरेका हुन् । खोरीया र... पुरा पढ्नुहोस

रानीपौवामा नेकपा माओवादी केन्द्रको घरदैलो अभियान

म्याग्दी, १९ बैशाख । आसन्न निर्वाचनलाई लक्षित गरेर नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारहरुले वडानम्वर २ स्थित रानीपौवामा घरदैलो गरेको छ । नेकपा माओवादी केन्द्रबाट रघुगंगा गाउपालिका अध्यक्ष पदका उम्मेद्वार मिना विक, उपाध्यक्ष पदका उम्मेद्वार रिमबहादुर कटुवालले र आफ्ना प्रतिबद्धतापत्र, प्रचारसामग्रीसहित सोमबार रानीपौवामा घरदैलो गर्नुभएको थियो... पुरा पढ्नुहोस

रघुगंगामा मत माग्दै माओवादी केन्द्रका उम्मेदवार घरदैलोमा

म्याग्दी, १९ बैशाख । आसन्न निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका उम्मेद्वारहरुले रघुंगगा गाउँपालिकामा घरदैलो अभियानलाई तिव्रता दिएका छन् । आईतबार रघुगंगाको वडानम्वर २ र ३ स्थित राखु भगवती र पिप्लेमा गाउँपालिका अध्यक्ष उपाध्यक्ष पदका उम्मेदवारहरुले घरदैलो गर्नुभएको हो । नेकपा माओवादी केन्द्रबाट रघुगंगाको अध्यक्ष पदका उम्मेद्वार मिना विक, उपाध्यक्ष पदका... पुरा पढ्नुहोस

छाप, भिरमुनी र डाडाखेतमा गठबन्धनका उमेद्वारको चुनाव प्रचार

बेनी, १८ वैशाख । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उमेद्वारको टोलीले आइतबार बेनी नगरपालिका–६, ५ र ४ नम्बर वडाको विभिन्न टोलमा चुनाव प्रचार कार्यक्रम गरेका छन् ।  छाप र भिरमुनीमा कोणसभा र डाडाखेतमा चुनावी सभा गरेका मेयरका उमेद्वार काँग्रेसका चिरञ्जिवी शर्मा र उपमेयरका उमेद्वार माओवादीको ज्योती लामिछाने पौडेलको... पुरा पढ्नुहोस