मुलुक

जापानमै अस्ताए शिखका चमान सिंह पाईजा

जपान १० फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ शिख घर भई हाल जापानमा रहनुभएका एक व्यक्तिको निधन भएको छ । जापानको आईचि केन टोयोटा सिईमा रहेको कम्पनीमा विगत २१ वर्षदेखि कार्यरत रहनुभएका शिखका ४९ वर्षीय चमान सिंह पाईजा मगरको मृत्यु भएको हो । फेब्रुअरी १३ मा कम्पनीमा कार्यरत रहेकै अबस्थामा... पुरा पढ्नुहोस

मुस्ताङका सुरक्षाकर्मिलाइ डढेलो नियन्त्रण गर्ने औजार हस्तान्तरण

सुशीलबाबू थकाली मुस्ताङ ९ फागुन । हिमाली जिल्ला मुस्ताङको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै डिभिजन बन कार्यालय मुस्ताङले अग्रभागमा खटिने सुरक्षा निकायलाई डढेलो नियन्त्रण गर्ने औजार हस्तान्तरण गरेको छ । बिपद व्यवस्थापन सँगसँगै अन्य जटिल समस्याबाट मुक्ती होस् भन्नको हेतुले डिभिजन बन कार्यालयले उक्त औजारहरु हस्तान्तरण गरेको जनाएको हो । सोमबार... पुरा पढ्नुहोस

म्याग्दी उद्योग बाणिज्य संघको ‘सहयोग रसिदका नाममा शुल्क असुली’ रोक्न छानविन सुरु

म्याग्दी, ९ फागुन । म्याग्दी उद्योग वाणिज्य संघले संस्थागत विकासका लागि सहयोग रसिदको नाममा अवैध रुपमा उठाउँदै आएको शुल्क असुली रोक्न प्रशासनले चासो देखाएको छ । पर्वतबेनी हुँदै म्याग्दी सदरमुकाम बेनी प्रवेश गर्ने व्यवसायिका सामान बोक्ने सवारी साधनबाट संघले बर्षौदेखि गैरकानुनी रुपमा सहयोग रसिदका नाममा शुल्क असुली गर्ने गरेको गुनासोको... पुरा पढ्नुहोस

अस्ट्रेलिया दुई वर्षपछि अन्तर्राष्ट्रिय यात्रुका लागि खुला

काठमाडौं ९, फागुन । अस्ट्रेलियाले दुई वर्षपछि पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनः खुला गरेको छ । कोरोनाभाइरस विरुद्ध पूर्ण खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेश दिने भएको हो । कोभिडको कारण देखाउँदै सन् २०२० को मार्चमा बन्द गरेपछि देशमा यात्रासम्बन्धी कडा प्रतिबन्ध लगाइएको थियो । ​अष्ट्रेलियालीहरू र अरू केहीलाई... पुरा पढ्नुहोस

स्थानीय तह निर्वाचन : बागलुङका राजनीतिक दलका गतिविधि गाउँ केन्द्रित

बागलुङ ९ पुस ।  स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै बागलुङ जिल्लामा राजनीतिक दलका गतिविधिलाई गाउँ केन्द्रित गरेका छन् । जिल्लामा ठूला दर मात्रै नभएर साना राजनीतिक दलले समेत वडा तहमै आफ्ना पार्टीका गतिविधि अगाडि बढाएका छन् । राष्ट्रिय राजनीतिका मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेस, नेकपा (एमाले),नेकपा (माओवादी केन्द्र) सहित... पुरा पढ्नुहोस

एमसीसी टेबल गर्न सत्ता गठबन्धनमा सहमति

काठमाण्डाै ८ फागुन । अन्तत् लामा रस्साकस्सीका बिच सत्ता गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति भएको हो । ‘गठबन्धनमा सहमति भएको छ, अव एमसीसी टेबल हुन्छ’, बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताए । गठबन्धनमा सहमति भएपछि आजै... पुरा पढ्नुहोस

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनिय बनाउन सुधारको खाँचो

  म्याग्दी, ६ फागुन । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनिय बनाउन निर्वाचनका नीति नियमलाई सुधार गर्न माग गरेका छन् । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले शुक्रबार आयोजना गरेको “निर्वाचन संचालन तथा ब्यवस्थापनमा सरोकारवालाहरुको भूमिका’’ विषयक अन्तरक्रियामा बोल्ने बक्ताहरुले नागरिकले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने अधिकार... पुरा पढ्नुहोस

ट्राफिक व्यवस्थापनको निर्णय गर्ने जिम्मा नगरपालिकाको होइनः प्रनाउ राई (भिडियो सहित)

बेनी, ५ फागुन । म्याग्दीको सदरमुकाम बेनी बजारभित्रको सडकमा सुरु गरिएको एकतर्फी यातायात सञ्चालनको निर्णयलाई उल्ट्याउने गरि बेनी नगरपालिका अघि बढेपछि नगरपालिका, म्याग्दी उद्योग बाणिज्य संघ र प्रहरी प्रशासनबिच मनमुटाब बढेको छ । न्यूरोड क्षेत्रका व्यवसायि र म्याग्दी उद्योग बाणिज्य संघको दबाबमा नगरपालिकाले एकतर्फी यातायातको प्रवन्ध हटाएर दुईतर्फी यातायात सञ्चालन... पुरा पढ्नुहोस

जलजलामा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता

  म्याग्दी, ५ फागुन । पर्वतको जलजला गाउँपालिकामा विहिवार अन्तर विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले वडा नम्बर ४ स्थित लुङ्दी आधारभूत विद्यालयमा ‘‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन’’ विषयक वक्तृत्वकला प्रतियोगिता गरेको हो । प्रतियोगितामा जलजला वडा नम्बर ३ माझफाँटको अमृत आदर्श प्याराइडाइज... पुरा पढ्नुहोस

सत्ता गठबन्धनको बैठक बस्दै,एमसीसीबारे निर्णायक छलफल,गठबन्धनकाे समेत छिनाेफानाे ?

काठमाण्डाै ५ फागुन । सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । एमसीसीबारे ‘निर्णायक’ छलफलका लागि बैठक बोलाइएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमसीसीबारे अन्तिम छलफल गर्न बिहीबार दिउँसो ३ बजेका लागि गठबन्धन बैठक तय भएको जानकारी दिए । प्रधानमन्त्री निवास... पुरा पढ्नुहोस