धवलागिरी गाउँपालिकामा गठबन्धन विजयी

  • २ जेष्ठ २०७९, सोमबार
  • 874 पटक पढिएको

म्याग्दी, ३ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।स्थानीय तह चुनावमा धवलागिरीमा नेपाली कांग्रेस र माओवादी केन्द्रको तालमेल अनुसार अध्यक्षमम कांग्रेसका प्रेमप्रसाद पुनले ३ हजार १२३ र उपाध्यक्षमा माओवादीका रेशम पुनले २ हजार ८१२ मत पाएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत पुर्णबहादुर खत्रीले जानकारी दिनुभएको छ ।


अध्यक्षमा प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार थमसरा पुनले २ हजार ५४८ र उपाध्यक्षमा एमलेका प्रगति कार्कीले २ हजार ६१८ मत पाउनुभएको निवाचन अधिकृत कार्यालयले जानकारी दिएको छ।

सात वटा वडा रहेको धवलागिरी गाउँपालिकामा नेपाली कांग्रेसले २, एमालेले ३ र माओवादीले २ वटा वडामा अध्यक्ष जितेका छन् । वडानम्वर १ माओवादीका झक छन्त्याल, २ मा एमालेका अकप्रसाद विक, ३ मा कांग्रेसका देवेन्द्र रोका, ४ मा एमालेका यामबहादुर घर्ति, ५ मा कांग्रेसका अमर छन्त्याल, ६ मा एमालेका राजाराम उपाध्याय र ७ मा माओवादीका अशोक खत्री निर्वाचित भएका छन् । १० हजार ९४० मतदाता रहेको धवलागिरीमा ६ हजार ६९४ मत खसेको थियोे ।

म्याग्दीमा ६ स्थानीय तहमध्ये ४ को स्थानीय तहको मतगणना सकिएको छ। मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा एमालेकी लक्ष्मीदेवी पुन घर्ति निर्वाचित भएका छन् । त्यस्तै रघुगंगाको अध्यक्षमा कांग्रेसका भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुन विजयी भएका छन् । मंगलाको अध्यक्षमा एमालेका सतप्रसाद रोका र उपाध्यक्षमा एमालेका प्रेमकुमारी अधिकारी – पेमा) निर्वाचित हुनुभएको छ । बेनी नगरपालिकामा र अन्नपुर्ण गाउँपालिकाको अन्तिम परिणाम आउन बाकी छ।