बेनी –१ मा एमालेको प्यानल विजयी : नगर प्रमुखमा एमालेको अग्रता

  • १ जेष्ठ २०७९, आईतवार
  • 685 पटक पढिएको

म्याग्दी, १ जेठ । बेनी नगरपालका वडा नम्वर १ रत्नेचौरमा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा टेक बहादुर थापाले ५३२ मत प्राप्त गरि विजयी हुनुभएको हो ।


उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका कमल थापा मगरले ४६० र नेकपा माओवादीका नर बहादुर थापाले ४७९ मत प्राप्त गर्नुभएको छ ।

नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका महिला सदस्य निर्मला सापकोटा, दलित महिला सदस्य कुमारी किसान, खुल्ला सदस्य तारा थापा मगर र राजकुमार थापा विजयी हुनुभएको हो ।

त्यसैगरि नगरप्रमुखमा नेकमा उमालेका सुरत केसीले ७५४ मत र गठवन्धनबाट नेपाली काँग्रेसका चिरञ्जीवि शर्माले ६०१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखमा नेकपा एमालेका पशुपति शाहीले ५६६ र गठवन्धनबाट नेकपा माओवादीका ज्योति लामिछानेले ५९९ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै राप्रपाका एकेन्द्र रावललाई १६२ मत प्राप्त भएको छ । बेनी नगरपालिका १ बाट मेयर केसीले १५३ मतले अग्रता लिनभएको छ भने उपमेयरमा लामिछानेले ३३ मतले अग्रता लिनुभएको छ ।