मंगला –३ बरंजाको वडा अध्यक्षमा माओवादी केन्द्रका याम रोका विजयी

  • १ जेष्ठ २०७९, आईतवार
  • 719 पटक पढिएको

म्याग्दी, १ जेठ । म्याग्दीको मंगला गाउँपालिका– ३ बरंजाको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार याम रोका विजयी हुनुभएको छ । वडा अध्यक्षमा याम रोका ७ सय ९१ मत लिएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका कविन्द्र रोकाले ५ सय ७७ र नेपाली काँग्रेसका टेक बहादुर छन्त्यालले २ सय १५ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो ।


त्यस्तै महिला सदस्य भेषकुमारी पुन, दलित महिला सदस्य टिका विक, खुल्ला सदस्य नन्दलाल गिरी ( हरी) र एमालेबाट कुल बहादुर थापा विजयी हुनुभएको छ । मंगला ३ बाट पालिका अध्यक्षमा नेकपा एमालेका सतप्रसाद रोकालाई ६ सय २०, काँग्रेसका विरेन्द्र बुढाथोकीलाई ३ सय १४, माओवादीका टेक बहादुर विकलाई ७ सय ९१, र राप्रपाका योगेन्द्रमान शेरचनलाई २० मत प्राप्त भएको छ ।

त्यस्तै उपाध्यक्षमा नेकपा एमालेका पेमा अधिकारीलाई ६ सय २५, नेपाली काँग्रेसका शर्मिला थापालाई २ सय ८५, माओवादीका सुकमाया रोकालाई ६ सय ४८ र राप्रपाका विन्दु मल्ललाई २६ मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो संगै मंगलाका ३ वडाको मतगणना सम्पन्न भएको छ । वडा नम्वर १ र २ मा नेकपा एमालेको प्यानल विजयी भईसकेका छन ।