बेनी– ४ सिंगामा नेकपा माओवादी केन्द्रको प्यानल विजयी

  • २ जेष्ठ २०७९, सोमबार
  • 1138 पटक पढिएको

म्याग्दी, २ जेठ । बेनी नगरपालिकाको वडानम्वर ४ नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । नगरपालिकाको वडानम्वर ४ सिंगाको मत गणना सम्पन्न हुदाँ माओवादी केन्द्रका अणबहादुर खड्काले (भगवान) ६६५ मत लिएर वडाअध्यक्षमा विजय प्राप्त गर्नुभएको छ । वडा सदस्यमा नेकपा माओवादी केन्द्रका मिना कार्की, पवित्रा श्रीस, प्रेम श्रीस र केन खत्री निर्वाचित हुनुभएको छ ।


बेनी नगरपालिको मेयरमा एमाले र उपमेयरमा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ । बेनी नगरपालिका ५ वडा सम्मको मतगणना सम्पन्न हुदाँ मेयर पदमा सुरज केसीले ४ हजार २२८ र चिरञ्जीवी शर्माले ३ हजार ४३३ मत प्राप्त गर्नुभएको छ। त्यस्तै उपमेयरमा ज्योती लामिछानेले ४ हजार ११३ मत र पशुपती शाहीले २ हजार ८६८ मत प्राप्त गर्नुभएको छ । वडानम्वर १ मा एमालेका टेकबहादुर थापा, २ मा काँग्रेसबाट याम कार्की, ३ मा नेकपा माओवादी केन्द्रका पदम पुन र ५ मा एमालेका गोविन्द बानियाँको प्यानल विजयी हुनुभएको छ।