जलजलामा नवनिर्वाचित जनप्रतिनिधिको पहिलो प्राथमिकतामा ‘स्वास्थ्य’

  • ७ जेष्ठ २०७९, शनिबार
  • 591 पटक पढिएको

 

बेनी, ७ जेठ । पर्वतको जलजला गाउँपालिका नवनिर्वाचित अध्यक्षमा राजु आचार्य र उपाध्यक्ष दिपक आचार्यले पदभार ग्रहणगर्दै स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर विभिन्न निर्णय गरेका छन् । अध्यक्ष आचार्यले गाउँपालिका भित्र ६० बर्ष माथिका जेष्ठ नागरिकको मनोबल उच्च राख्न समयसमयमा नियमित स्वास्थ्य परिक्षण गराउने, गाउँपालिकाले जन अपेक्षा अनुसारको स्वास्थ्य सेवा उपलब्ध र स्रोतसाधनको ब्यवस्थान गर्ने निर्णय गरेका छन् ।

गाउँपालिका भित्रका सबै जनतालाई लक्षित गरेर सबै वडामा रहेको स्वास्थ्यसंस्थामा महिनाको एकचोटी डाक्टर तथा स्वास्थ्यकर्मीहरुबाट रक्तचाप, मधुमेह, आखा लगायतको जाचँ तथा परिक्षण तथा बालबालिका र जेष्ठ नागरिक देखिने विभिन्न रोगहरुलाई लक्षित गरेर स्वास्थ्य सेवाहरु उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रबहादुर क्षेत्री जानकारी दिए ।