फिचर

मंगलामा माओवादीको तीन महिने अभियान संचालनका लागि कार्ययोजना निर्माण

  म्याग्दी, १४ भदौ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत नेकपा माओवादी केन्द्र मंगला गाउँपालिका कमिटिले बुधबार विस्तारित बैठकमार्फत कार्ययोजना निर्माण गरेको छ । मंगला गाउँपालिकाको बावियाँचौरमा भएको विस्तारित बैठकमा भदौ १६ गतेदेखि देशैभरीका सबै वडाबाट सुरु हुने तीन महिने अभियानलाई वडावडामा कार्यान्वयनका लागि नेताहरुलाई जिम्मेवारी तोक्दै बैठक सम्पन्न... पुरा पढ्नुहोस

बेनीमा दिवंगतको सम्झनामा नागनागिनी नाँच प्रदर्शन (फोटोफिचर)

  म्याग्दी, १४ भदौ । म्याग्दीको सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउदै आएको बर्खेनाच अन्र्तगत नागानागी वा सापरु नाच प्रदर्शन गरिएको छ। नेपाल भाषा मंका खल र ल्याम पुचको आयोजनामा जनैपूर्णिमाको अवसरमा दुईदिनसम्म( विहिबार र शुक्रबार) बेनीमा बर्षभरी दिवंगत भएका व्यक्तिहरुको सम्झनामा नागानागिनी नाँच प्रदर्शन गरिएको हो । बर्खेनाच बेनीका नेवार... पुरा पढ्नुहोस

धार्मिक पर्यटकीयस्थल जगन्नाथ मन्दिरमा रथयात्रा (फोटोफिचर)

म्याग्दी, ११ भदौ । बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको जगन्नाथधाममा सोमबार रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गर्ने प्रचलन छ । जगन्नाथ मन्दिरको ऐतिहासिक पर्वत राज्यका तत्कालीन राजा दिलिपबम मल्लले... पुरा पढ्नुहोस

राखु भगवतीको हरियाली धानको फाँट

  म्याग्दी, १० भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीको धानखेतको हरियाली फाँट । यहाँको प्रमुख खाद्य बालीको रुपमा धान खेती हुँदै आएको छ । कात्तिक मंसिरमा पहेँलै झुल्ने राखुको धानको फाँट भदौ असोज हरियाली देखिन्छ । धान फाँटसंगै यहाँबाट निलगिरी र अन्नपुर्ण हिमालको दृष्य पनि हेर्न पाईन्छ । राखुको... पुरा पढ्नुहोस

पहिरोले विद्युत्गृह बगाएपछि एक महिनादेखि लुलाङबासी अन्धकारमा

  म्याग्दी, ७ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङको चार सय घर परिवार डेढ महिनादेखि अन्धकारमा छन् । पहिरोले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र मेरेनीका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन् । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको उक्त परियोजनाको विद्युत्गृह गत असार अन्तिम साता... पुरा पढ्नुहोस

तिन महिने अभियान अन्तरगत माओवादी केन्द्र म्याग्दीको कार्ययोजना निर्माण

  म्याग्दी, ६ भदौं । तीन महिने अभियान अन्तरगत नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति म्याग्दीको बुधबार बसेको विस्तारित बैठकले कार्ययोजना निर्माण गरेको छ । भदौ १६ देखि सुरु गर्न लागेको ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नाराका साथ नेकपा माओवादी केन्द्र म्याग्दीले जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत कार्ययोजना निर्माण... पुरा पढ्नुहोस

पहिरोबाट विस्थापित सुबावासीलाई आपतकालिन राहत

  दाना, ५ भदौ । पहिरोबाट विस्थापित भएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुवाका बासिन्दाहरुलाई मंगलबार आपतकालिन राहत वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, म्याग्दीले २० घरपरिवारलाई रु. एक लाख दश हजार नगद वितरण गरेको हो । दानाका वडा अध्यक्ष रमेश पुर्जाले पहिरोबाट घर भत्किएका सतबिर पाईजालाई रु. १५ हजार... पुरा पढ्नुहोस

ब्रेन ट्यूमर पीडित हरी दमाईलाई उपचारमा आर्थिक समस्या

म्याग्दी, ५ भदौ । टाउकोमा ब्रेन ट्यूमर रोगबाट पीडित भएका रघुगंगा गाउँपालिका– २ राखु भगवतीका ३५ बर्षिय हरि दमाईलाई उपचारमा आर्थिक समस्या भएको छ । रोजगारका लागि कतार पुगेको ६ महिनामा उहाँको टाउकोमा समस्या बढ्दै गएपछि घर फर्किर पोखरास्थित गण्डकी अस्पताल पोखरामा उपचार गराउँदै आउनुभएको थियो । उपचार(अप्रेशन) प्रश्चात टाउँकोमा... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक खण्डमा नारच्याङदेखि दाना जोड्ने बैकल्पिक मार्गको माग

  https://www.youtube.com/watch?v=X1NiDGfIPF8   कमल खत्री बेनी, ५ भदौ : बेनी–जोमसोम सडकखण्ड अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना खण्डमा पहिरोले सडक क्षतविक्षत भएपछि यहाँका सरोकारवालाहरुले बैकल्पिक सडकको माग गरेका छन् । अविरल बर्षासंगै आएको बाढी र पहिरोले अन्नपूर्ण गाउँपालिकाको नारच्याङ पुलदेखि दानासम्म करिब ५५ बढी ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ... पुरा पढ्नुहोस

बेनीमा एकमहिने बर्खे नाच देखाउन सुरु (फोटो फिचर)

म्याग्दी, ४ भदौ । म्याग्दीको सदरमुकाम बेनीमा नेपाल भाषा मंकाखल अन्तरगत ल्याम्ह: पूच: हरुले (युवा) बर्खे नाच देखाउन सुरु गरेका छन् । नागपञ्चमीको अवसरमा बर्खे नाच अन्तरगत युवाहरु मिलेर बेनीको पुरानोे लाखे नाच देखाएका हुन् । लाखे नाचलाई नेवार समुदायको पुरानो संस्कृतिको रुपमा लिने गरिन्छ । नेवार संस्कृतिमध्ये बर्खे नाच... पुरा पढ्नुहोस