राखु भगवतीको हरियाली धानको फाँट

  • १० भाद्र २०८०, आईतवार
  • धिरन खत्री
  • 241 पटक पढिएको

 

म्याग्दी, १० भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीको धानखेतको हरियाली फाँट । यहाँको प्रमुख खाद्य बालीको रुपमा धान खेती हुँदै आएको छ ।

कात्तिक मंसिरमा पहेँलै झुल्ने राखुको धानको फाँट भदौ असोज हरियाली देखिन्छ । धान फाँटसंगै यहाँबाट निलगिरी र अन्नपुर्ण हिमालको दृष्य पनि हेर्न पाईन्छ ।

राखुको उर्भर भूमि चिनिने यस फाटँमा कृषकले धानखेती भित्र्याइसकेपछि यस फाँटमा किसानले गहुँ, आलु, लगायतको खेती लगाउछन् ।

हिउँदमा सिचाई अभावको हुदाँ परम्परागत निर्वाहमुखी खेतीलाई विस्तापित गरेर किसानले आम्दानी हुने हिउँदे खेती गर्न सकेका छ्र्रैनन् ।

यस फाँटमा सिचाईको सुविधा पुर्‍याउने हो भने धानखेतीसंगै हिउदँमा तरकारी खेती गरेर आत्मनिर्भर बन्न सक्छ । यस धानँफाट नजिक कृषि सडक पनि पुगेको छ ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l