बेनीमा दिवंगतको सम्झनामा नागनागिनी नाँच प्रदर्शन (फोटोफिचर)

 

म्याग्दी, १४ भदौ । म्याग्दीको सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउदै आएको बर्खेनाच अन्र्तगत नागानागी वा सापरु नाच प्रदर्शन गरिएको छ। नेपाल भाषा मंका खल र ल्याम पुचको आयोजनामा जनैपूर्णिमाको अवसरमा दुईदिनसम्म( विहिबार र शुक्रबार) बेनीमा बर्षभरी दिवंगत भएका व्यक्तिहरुको सम्झनामा नागानागिनी नाँच प्रदर्शन गरिएको हो ।

बर्खेनाच बेनीका नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेको छ । बर्षभरीमा दिवंगत हुनुभएका व्यक्तिको घरबाट उनीहरुको सम्झनामा निकालिएको सापारु नाच बजारभर प्रदर्शन गरिएको नेपाल भाषा मंका खल: अन्र्तगत रहेको ल्यामपुचका अध्यक्ष जेनेश श्रेष्ठले बताउनुभयो । नेवार संस्कृतिमध्ये बर्खे नाच अन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि सुरु गरेर तिज पर्वसम्म बेनी बजारमा विभिन्न नाचहरु देखाउने प्रचलन छ ।

ल्याम्ह: पूचका सदस्य सज्जन श्रेष्ठले यो बर्ष बेनीबजारमा लाखे नाच, घोडा नाच, गाईजात्रा सपारु, श्रीकृष्ण रथयात्रा, गोरु नाच, रोपाई नाच, धानको बाला नाच देखाउने बताउनुभयो ।

बेनी बजारमा बस्ती बसेदेखी नै नेवार समुदायको सक्रियतामा बर्खेनाच देखाउँदै आएको पाइन्छ । ऐतिहासिक महत्व बोकेको बर्खे नाचमा पछिल्लो समय बेनीका युवाहरुले सक्रियतापूर्वक सहभागिता जनाउने गरेका छन् ।

एक महिनासम्म देखाईने बर्खे नाचमा परापुर्व कालमा समाजमा दुख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति बियोगमा गरेको चरित्र प्रर्दशनलाई बर्खेनाचमा देखाउने गरिन्छ ।

बर्खेनाच अन्र्तगत तीजको दिनमा दानविय स्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देश सहित यो नाच सकिने प्रचलन छ ।

     

अन्य फोटो ग्यालरीमा जानुहोस्