फिचर

भगवतीमा सार्वजनिक सुनुवाई : बेनी–गलेश्वर–भगवती सडकको भाडादर समायोजन गर्न आग्रह

  बेनी, १२ साउन । रघुगंगा गाउँपालिकाको वडानम्वर २ को वडा कार्यालय परिसरमा भएको सार्वजनिक सुनुवाईमा उपस्थित भगवतीबासीले बेनी– गलेश्वर– भगवती सडकको यातायात भाडादर समायोजन गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ। सार्वजनिक सुनुवाई कार्यक्रममा सडक स्तरोन्नती भएपनि भाडादर मंहगो भएको विषयमा भगवतीका युवा गणेश खत्रीले रघुगंगा गाउँपालिका र वडाले तत्काल यातायात... पुरा पढ्नुहोस

शिक्षकको विदाईमा गलाभरी माला ……(तस्बिर सहित)

  बेनी, १९ साउन : म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयबाट सरुवा हुनुभएका शिक्षक रमेस शाही ठकुरीलाई विदाई गरिँदै ।  विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकले अविर, फुलमाला लगाएर विदाई गर्दा शिक्षकको गला फुलमालाले भरिएको थियो । यस विद्यालयबाट अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको प्रभा माध्यमिक विद्यालयमा सरुवा हुनुभएका... पुरा पढ्नुहोस

एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याएको अवसरमा ज्ञानोदय माविले मनायो हर्षोल्लास

­म्याग्दी १९ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयले एसइई परिक्षा २०७९ मा उत्कृष्ट नतिजा ल्याएको उपलक्षमा शुक्रवार विविध कार्यक्रम सहित हर्षोल्लास मनाएको छ । यस विद्यालयले एसइईमा यस बर्षको नतिजामा औषत जिपिए २ दशमलब ७७ जिपिए सहित जिल्लामा सामुदायिक विद्यालयतर्फ दोस्रो हुन सफल भएको थियो ।... पुरा पढ्नुहोस

ऐतिहासिक ज्यामरुककोट पर्यटकीय गन्तव्य बन्दै

  म्याग्दी, १८ साउन । उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायतका नौ वटा हिमशृङ्खला । दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटको सुन्दर दृश्य । माथितिर गौश्वारा र डोलेको घना जङ्गल र हरियाली । तल्लोपट्टी बेनी बजारको रमणीय दृश्य । शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुने म्याग्दीको ऐतिहासिक तथा प्राकृतिक... पुरा पढ्नुहोस

लायन्स क्लबद्वारा बेनीमा रक्तदान कार्यक्रम

  म्याग्दी, १२ साउन । म्याग्दीमा रगतको अभाव हुन नदिने उद्देश्यले ५८ औँ रक्तसञ्चार सेवा दिवसको अवसरमा मानविय सेवा सक्रिय दुईवटा लायन्स क्लवद्वारा रक्तदान कार्यक्रम गरेका छन् । लायन्स क्लव अफ बेनी पिस सिटी र बेनी म्याग्दीको सयुक्त आयोजनमा भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदात गर्नुभएको छ । शुक्रबार बेनी... पुरा पढ्नुहोस

विभागीय मन्त्री यातायात कार्यालयमा सेवाग्राही बनेर पुग्दा

  पोखरा, ११ साउन । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बिहिबार पोखरा स्थित यातायात कार्यालयको अनुगमन गर्नुभएको छ । यातायात व्यवस्था कार्यालय कास्कीको सवारी चालक अनुमतिपत्र र सवारी साधन दर्ता तथा नविकरण सम्बन्धी सेवा दिने कार्यालयमा मन्त्री जुग्जाली गोप्य रुपमा सेवाग्राही बनी अनुगमन गर्नुभएको हो... पुरा पढ्नुहोस

म्याग्दीमा उद्योग र ब्यवसाय दर्ता संख्या घट्यो

  म्याग्दी, ११ साउन । म्याग्दीमा उद्योग र ब्यवसाय दर्ता घट्दै गएको छ। अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीले उद्योग र ब्यवसाय दर्ता घटेको हो । पछिल्लो समय जिल्लामा उद्योग र ब्यवसाय बन्द गर्ने क्रम बढेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो। उहाँले अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीले उद्योग र ब्यवसाय... पुरा पढ्नुहोस

मोना युएईले तिज विशेष कार्यक्रम गर्ने

म्याग्दी, १० साउन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईले नेपाली महिलाहरुको महान चार्ड हरितालिका तिज पर्वमा विशेष कार्यक्रम गर्ने भएको छ। प्रवासमा रहेका नेपाली महिलाहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गर्न यमुना रोकाको संयोजकत्वमा समिति बनाएर तयारी थालिएको छ। रोजगार र ब्यवसायको शिलशिलामा दुवैमा रहेको म्याग्देली दिदिबहिनीहरुलाई सहभागिताको लागि मोना... पुरा पढ्नुहोस

म्याग्दीका उतकृष्ट तीन सामुदायिक वन पुरस्कृत

  म्याग्दी, ९ साउन । डिभिजन वन कार्यालय म्याग्दीले जिल्ला उतकृष्ट तीन सामुदायिक वनलाई पुरस्कृत गरेको छ। मंगलबार डिभिजन कार्यालयको सभाहलमा गत आर्थिक बर्षको बार्षिक प्रगतिको सार्वजनिक एवम् पुरस्कार वितरण कार्यक्रम आयोजना गरी उतकृष्ट तीन सामुदायिक वन, कर्मचारी र पत्रकारलाई पुरस्कृत गरेको हो । कार्यालयले रघुगंगा गाउँपालिका वडानम्वर ८ को... पुरा पढ्नुहोस

राखु भगवतीमा ‘एक घर एक धारा’

  म्याग्दी, ८ साउन । मिटर जडित ‘एक घर एक धारा’ निर्माणले रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा खानेपानी वितरणमा सहज बनाएको छ । पहिले भन्दा अहिले मिटर जडित खानेपानी वितरणले दैनिक रुपमा घरमा खानेपानी सहज रुपमा आएको रघुगंगा– २ राखु पखटोलकी लक्ष्मी खत्रीले बताउनुभयो । घर–घरमा खानेपानी सहज उपलब्ध हुदाँ... पुरा पढ्नुहोस