तिन महिने अभियान अन्तरगत माओवादी केन्द्र म्याग्दीको कार्ययोजना निर्माण

  • ६ भाद्र २०८०, बुधबार
  • धिरन खत्री
  • 445 पटक पढिएको

 

म्याग्दी, ६ भदौं । तीन महिने अभियान अन्तरगत नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति म्याग्दीको बुधबार बसेको विस्तारित बैठकले कार्ययोजना निर्माण गरेको छ । भदौ १६ देखि सुरु गर्न लागेको ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नाराका साथ नेकपा माओवादी केन्द्र म्याग्दीले जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत कार्ययोजना निर्माण गरेर जिल्लाका नेताहरुलाई जिम्मेवारी तोकेको हो ।


विस्तारित बैठकमा पार्टीका केन्द्रिय सदस्य, जिल्ला इन्चार्ज, प्रदेश सदस्य, स्थानीय तहका अध्यक्ष लगायतका पदाधिकारी, जनवर्गीय सङ्गठनका प्रमुखलगायतको उपस्थितमा तिनमहिने अभियान अन्तरगतको केन्द्रिय परिपत्रमा छलफल, जिल्लाका नेताहरुलाई जिम्मेवारी तोकिएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक एवम् गण्डकी प्रदेशका भौतिक पूर्वाधार एवम् यातायात मन्त्री रेशम जुग्जाली (सुविन) ले बताउनुभयो । तिनमहिने अभियानमा गण्डकी प्रदेशले जिम्मेवारी तोकेर पठाएका जिल्ला र पालिका ईन्चार्जसंगको परिचयात्मक कार्यक्रममा तथा जिम्मेवारी बाडँफाड गरिएको बताउनुभयो ।


तीन महिने अभियानको आन्तरिक तयारीको विस्तारित बैठकमा केन्द्रिय सदस्य हरी अधिकारीले माओवादी पाटीलाई देश र जनताको पक्षमा बनाउन तीन महिने अभियानले सहयोग पुग्ने बताउदै तोकिएको जिम्मेवारी पुरा गर्न नेताहरुलाई आग्रह गर्नुभएको थियो । उहाँले सरकारले गरेका राम्रा कामलाई प्रचार गर्न जनताको घरघरमा पुग्न नेताहरुलाई आग्रह गर्नुभएको थियो ।


त्यस्तै केन्द्रिय सदस्य एवम् पाटीका जिल्ला ईन्चार्ज गोविन्द्र पौडेलले केन्द्रिय समितिले निर्देशन गरेको परिपत्रलाई कार्यान्वयन गर्न पालिका र वडा कमिटीलाई आग्रह गर्नुभएको थियो ।तीन महिने अभियानका जिल्ला ईन्चार्जसगै बेनी नगरपालिकाको जिम्मेवारी लिएर आउनुभएका गुप्त बहादुर हमालले यस अभियानमा पालिका र वडा कमिटीसंग सहकार्य गरेर पाटीलाई बलियो बनाउन लाग्ने बताउनुभयो । उहाँले जिल्ला, पालिका र वडा कमिटीमा रहनुभएका नेता तथा कार्यकतालाई अभियानमा हुने बैठक, भेला, प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सहभागि हुन आग्रह गर्नुभयो ।


अभियान अन्तरगत बेनीमा गुप्तबहादुर हमाल, रघुगंगामा सत्यनारायण शेरचन, अन्नपूर्णमा चन्द्रबहादुर घिमिरे, मंगलामा निलप्रसाद पुन, मालिका र धवलागिरीमा चन्द्रबहादुर बुढालाई इन्चार्जमा तोकिएको छ । जिल्ला नेताहरुलाई वडाको जिम्मेवारीमा खटाईएको छ ।

विस्तारित बैठकको अवसरमा नेपाली कांग्रेस मालिका गाउँपालिका समितिका सचिव लोक पुन लगायतका नेताहरुलाई पाटी प्रवेश समेत गराईएको थियो । जिल्ला संयोजक रेशम जुग्जालीको अध्यक्षता, बेनी नगर कमिटीका सचिव ज्ञानेन्द्र सुवेदीको संचालनमा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य विनोद केसीले मन्तव्य राख्नुभएको थियो । संयोजक जुग्जालीले केन्द्र र प्रदेशले निर्देशन गरेको परिपत्रलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

     

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l