ताजा अपडेट
विकट गुर्जागाउँ जोड्ने सडकको देउरालीसम्म ‘ट्रयाक’ खुल्यो
- 1 महिना, 9 दिन अगाडि
- ४ मंसिर २०८१, मंगलवार
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडकको लुलाङ–देउराली खण्डको ट्रयाक (मार्ग) खुलेको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको छवटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एकमात्र वडा हो । म्याग्दीको प्राथमिकताप्राप्त गुर्जा जोड्ने सडक योजनाको गत वर्ष... पुरा पढ्नुहोस
धवलागिरीको राष्ट्रपति रनिङ्ग शिल्ड धनजनतालाई
- 1 महिना, 9 दिन अगाडि
- ४ मंसिर २०८१, मंगलवार
ताकम, ४ मङसिर ः धवलागिरी गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड, अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधी धनजनता मावि फलियागाउँले जितेको छ । ताकममा सोमबार सम्पन्न प्रतियोगितामा नौ स्वर्ण, नौ कास्य र तीन रजत पदक सहित धनजनताले उपाधी जितेको हो । साविक बिजेता हेम नमुना आवासीय माविले पाँच स्वर्ण, सात... पुरा पढ्नुहोस
मिर्गौला पिडित भण्डारीको उपचारमा बेल्जियममा रहेका राखुबासीबाट रु ३ लाख २२ हजार सहयोग
- 1 महिना, 10 दिन अगाडि
- ३ मंसिर २०८१, सोमबार
म्याग्दीको रघुगंगा गाउँपालिका–३ फुलवारीका मिर्गौला पिडित चन्द्रबहादुर भण्डारी (एकेन्द्र)को उपचारमा बेल्जियममा रहेका राखुबासीले रु ३ लाख २२ हजार बढी सहयोग गरेका छन् । दुबै मिर्गौला फेल भएर काठमाण्डौको टिचिङ अस्पतालमा उपचार गराइरहनुभएका ४२ बर्षिय भण्डारीको उपचारमा बेल्जियममा रहनुभएका राखुबासीहरुले रु ३ लाख २२ हजार २ सय आर्थिक सहयोग गर्नुभएको हो... पुरा पढ्नुहोस
मालढुङ्गा–बेनी सडक दैनिक ६ घण्टा बन्द हुने
- 1 महिना, 10 दिन अगाडि
- ३ मंसिर २०८१, सोमबार
म्याग्दी, मङ्सिर ३ गते । राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर अन्तर्गत निर्माणाधीन मालढुङ्गा–बेनी सडक मंगलबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सडक कालोपत्रको काम अगाडी बढेको र सडकमा अत्यधिक सवारीसाधनको चाप भएकाले सडक निर्माणको कामलाई सहज बनाउन कात्तिक ४ गतेदेखि दैनिक रुपमा विहान १० देखि दिउँसो ४ बजेसम्मका लागि... पुरा पढ्नुहोस
ठेक्का लागेको ५ वर्षमा पनि रणवाङ–दरवाङ सडक कालोपत्र भएन
- 1 महिना, 11 दिन अगाडि
- २ मंसिर २०८१, आईतवार
म्याग्दी: जिल्लाको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ)खण्ड कालोपत्र गर्ने योजनाले ५ वर्षसम्म पनि पूर्णता पाएको छैन् । रणनीतिक महत्वको रूपमा रहेको उक्त खण्ड मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरवाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७६ जेठ ३१ गते म्याग्दीको रणनीतिक महत्वको निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु... पुरा पढ्नुहोस
धवलागिरीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन
- 1 महिना, 11 दिन अगाडि
- २ मंसिर २०८१, आईतवार
ताकम, १ मङ्सिर । धवलागिरी गाउँपालिका–७ ताकममा शनिबारदेखि पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । धवलागिरी गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री रेशम बहादुर जुग्जालीले समाजलाई जोड्ने भएकाले खेलकुद महत्वपूर्ण भएको बताउनुभयो । “राजनीति, धर्ममा बिवाद हुन्छ तर खेलकुदमा... पुरा पढ्नुहोस
दिवंगत गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको जीवनी
- 1 महिना, 12 दिन अगाडि
- १ मंसिर २०८१, शनिबार
प्रस्तुती : अजयमिलन श्रेष्ठ स्व. विमला गौचनको संक्षिप्त जीवनी *************** १) जन्म/ जन्मस्थान/ पिता-माता : विमला गौचनको जन्म वि. सं. २०१८ असार ६ गते भएको हो। उनको जन्म साविक कोबाङ्ग गाउँ विकास समिति, वडा नं. ५ (हाल थासाङ्ग गाउँपालिका वडा नं. २), नाउरीकोट, मुस्ताङमा भएको हो। उनी स्व. जयप्रसाद र... पुरा पढ्नुहोस
गण्डकी प्रेदेश सभा सदस्य विमला गौचनको निधन
- 1 महिना, 14 दिन अगाडि
- २९ कार्तिक २०८१, बिहीबार
म्याग्दी, २९ कात्तिक । नेपाली कांग्रेसकी नेतृ तथा गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन भएको छ । ६३ बर्षिय गौचनको बुधबार राति काठमाडौंमा निधन भएको हो । अस्वस्थ भएपछि उहाँलाई राति ग्राण्डी अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । सांसद् गौचनको हृदयघातका कारण निधन भएको हुन सक्ने बताइएको... पुरा पढ्नुहोस
मिर्गौला पिडितको उपचारमा पोर्तुगलमा रहेका रवि भण्डारीले जुटाए एक लाख बढी सहयोग
- 1 महिना, 18 दिन अगाडि
- २५ कार्तिक २०८१, आईतवार
म्याग्दी २५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–३ फुलवारीका मिर्गौला पिडित चन्द्रबहादुर भण्डारी (एकेन्द्र)को उपचारमा पोर्तुगलमा रहनु भएका रवि भण्डारीले रु एक लाख बढी सहयोग जुटाउनु भएको छ । कलेजाबाङ महतारे घर भइ रोजगारको सिलसिलामा पोर्तुगलमा रहनुभएका भण्डारीले आफु सहित बुइजुनिङ्क कम्पनीमा कार्यरत आफ्ना साथिहरु बाट रु एक लाख एक हजार... पुरा पढ्नुहोस
कुकुर तिहार बिशेष : कुकुरको भरमा घुम्ती गोठको पशुपालन
- 1 महिना, 28 दिन अगाडि
- १५ कार्तिक २०८१, बिहीबार
रघुगंगा गाउँपालिका–८ च्याप्टेडेम्मर खर्कमा घुम्ती गोठ राखेर भेडापालन गर्नुभएका हिमबहादुर छन्त्यालको गोठको सुरक्षामा ५ वटा भोटे कुकुरले गर्ने गरेका छन् । विगत आठ बर्षदेखि भेडापालन गर्दै आउनुभएका छन्त्यालले गोठ र गोठमा रहेका भेडाबाख्राको सुरक्षामा दुई जना गोठालासंगै कुकुरलाई समेत राख्ने गर्नुभएको छ । सहरी क्षेत्रमा सोखको लागि कुकुर पाल्ने प्रचलन... पुरा पढ्नुहोस