ताजा अपडेट

बेनी बोर्डिङ कपको उपाधि बेनी सामुदायिक माविले जित्यो

बेनी, १७ माघ । म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित बेनी बोर्डिङ सेकेण्डरी स्कुलको आयोजनामा सम्पन्न १४औँ अन्तर–आधारभूत तह बेनी बोर्डिङ कप फुटबल प्रतियोगिताको उपाधि बेनी सामुदायिक माध्यमिक विद्यालयले जितेको छ । शनिबार बेनी खुल्लामञ्चमा सम्पन्न फाइनल खेलमा बेनी सामुदायिक माविले न्यु वेष्ट पाेइन्ट आवासीय माविलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि... पुरा पढ्नुहोस

नेकपाका उमेद्वार अर्जुन थापाको पोखराका मतदातासँग भेटघाट र अन्तरक्रिया

बेनी, १७ माघ । आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट उमेद्वार बन्नुभएका अर्जुन बहादुर थापाले शुक्रबार पोखरामा रहेका मतदाताहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ । नेपाली कम्युनिष्ट पार्टीको म्याग्दी–पोखरा सम्पर्क समाजले आयोजना गरेको कार्यक्रममा उमेद्वार थापा सहित म्याग्दीमा नेकपाबाट निर्वाचित जनप्रतिनिधी, नेकपाका नेता र पोखरामा बसोबास... पुरा पढ्नुहोस

निर्वाचन आचार संहिताको पालना र म्याग्दीको विकासमा उम्मेदवारहरुको ऐक्यबद्धता

फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारहरुले निर्वाचन आचार संहिताको पालना गर्ने र जिल्लाको विकासमा सबै दलहरुबिच एकताबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । म्याग्दी जेसीजले शुक्रवार बेनीमा आयोजना गरेको प्रतिनिधि सभा सदस्य उम्मेदवारहरुसंग पत्यक्ष संवाद कार्यक्रममा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका नेताहरुले यस्तो प्रतिबद्धता जनाएका... पुरा पढ्नुहोस

म्याग्दीको विकास, सुशासन र आर्थिक विकास मेरो प्राथमिकतामा छनः नेकपा उम्मेदवार अर्जुन थापा

म्याग्दी, १५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार बन्नुभएका अर्जुन थापाले म्याग्दीको विकास, सुशासन र आर्थिक विकास आफ्नो पहिलो प्राथमकितामा रहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको स्थापना दिवसको अवसरमा बेनीमा आयोजित उम्मेदवार थापासंगको अन्र्तक्रिया कार्यक्रम तथा पत्रकार भेटघाट कार्यक्रममा... पुरा पढ्नुहोस

बिममा नौमती बाजाघर निर्माण

१४ माघ ः म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ । मालिका गाउँपालिकाको सहयोगमा दलित पञ्जेबाजा समूहले दुई कोठे बाजाघर निर्माण गरेका हुन् । समूहका अध्यक्ष रामबहादुर दर्जीले भवनमा मौलिक लोकबाजा भण्डारण, संरक्षण र तालिम सञ्चालन गरिने जानकारी दिनुभयो । मलिका गाउँपालिकाले रु. सात लाख ७६ हजार अनुदान... पुरा पढ्नुहोस

जलजलामा उत्कृष्ट १० उद्यमी घोषणा, जनही नगद रु १ लाख प्रोत्साहन

म्याग्दी , १३ माघ । पर्वतको जलजला गाउँपालिकामा उत्कृष्ट १० जना उद्यमी छनौट गरी उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत उत्कृष्ट १० भित्र छनौट भएका पालिकाभित्रका उद्यमीहरुलाई सम्मान गरिएको हो... पुरा पढ्नुहोस

प्रेस श्रीसको संयोजकत्वमा नेकपा निकट यातायात मजदुर संघको भेला आयोजक समिति गठन

बेनी, १२ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल टे«ड युनियन महासंघ अन्तर्गत अखिल नेपाल यातायात मजदुर संघ म्याग्दीको भेला आयोजक समिति गठन भएको छ । प्रेम श्रीसको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको हो । समितिको सदस्यहरुमा रेशबहादुर बि.क, राजेन्द्र गिरी, कृष्ण किसान, गोपाल दर्जी, अंगित थापा,... पुरा पढ्नुहोस

१२ वर्षपछि प्रतिनिधीसभामा आफ्नै चुनाव चिन्हमा मत खसाल्दै म्याग्दीका नेकपा

सन्तोष गौतम बेनी । नेपाली कम्युनिष्ट पार्टीले म्याग्दीमा १२ वर्षपछि प्रतिनिधीसभा सदस्य निर्वाचनमा आफ्नै चुनाव चिन्हमा मत खसाल्ने भएका छन् । यसअघि वि.स. २०७४ मा एमाले र २०७९ मा नेपाली काँग्रेसका उमेद्वारलाई सघाएको तत्कालीन नेकपा (माओवादी केन्द्र), एकिकृत समाजवादी लगायतका राजनीतिक दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले म्याग्दीमा प्रतिनिधीसभा सदस्य... पुरा पढ्नुहोस

म्याग्दीका उम्मेदवारहरुसंग सार्वजनिक बहस हुने

फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीबाट उम्मेदबार बनेकाहरुसंग सार्वजनिक बहस हुने भएको छ । म्याग्दी जेसीजले माघ १६ गते बेनीमा आगामी प्रतिनिधि सभा सदस्यमा प्रत्येक्षतर्फ उम्मेदवार बनेकाहरुसंग प्रत्यक्ष संवाद (ककस) सञ्चालन गर्न लागेको हो । जिल्लाबाट उम्मेदवार बनेकाहरुको योजना तथा प्रतिबद्धता र सहभागीहरुको प्रश्नको उम्मेदवारहरुले उत्तर... पुरा पढ्नुहोस

म्याग्दी जेसीज २०२६ का पदाधिकारीहरुलाइ तालिम

युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले सन २०२६ का पदाधिकारीहरुलाई तालिम प्रदान गरेको छ । ‘‘अधिकारीहरूबाट परिवर्तनका वाहकहरूतर्फः परिवर्तनको नेतृत्व गर्दै, पुस्ताहरूलाई सशक्त बनाउँदै” भन्ने शिर्षक मा तालिम सम्पन्न भएको हो। तालिममा प्रमुख प्रशिक्षक म्याग्दी जेसीजका पुर्व अध्यक्ष एवं नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, बाग्लुङ जेसीजका... पुरा पढ्नुहोस