ताजा अपडेट

मुुना जोड्ने सडक कालोपत्र गर्छौ– मन्त्री जुुग्जाली

शिवाङ, ४ पुुष ः गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुुना जोड्ने सडक कालोपत्र गर्ने तयारी भएको बताउनुु भएको छ ।  धवलागिरी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुुद प्रतियोगिताको शिवाङमा समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री जुुग्जालीले दरवाङ–ताकम–मुुना जोड्ने... पुरा पढ्नुहोस

धवलागिरीको राष्ट्रपति रनिङ शिल्डको उपाधी हेम माविलाई  

शिवाङ, ४ पुुष : धवलागिरी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुुद प्रतियोगिताको उपाधी हेम मावि शिवाङले जितेको छ । शिवाङमा बुुधबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ३ वटा कास्य पदक सहित हेम मावि लगातार दोस्रो पटक बिजयी भएको हो । ७ स्वर्ण, ६ रजत र ५ कास्य... पुरा पढ्नुहोस

ज्ञानोदय माविलार्ई रु ५१ हजार सहयोग

बेनी, ४ पुस ः म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयलाई रु ५१ हजार सहयोग प्राप्त भएको छ । समाजसेवी सुवेदार हर्कबहादुर भण्डारीले विद्यालयलाई उक्त सहयोग गर्नुभएको हो । मौवाफाँट घर भइ हाल पोखरामा बसोबास गर्र्दै आउनुभएका भण्डारीले विद्यालयको शैक्षिक विकासमा सहयोग पुगोस भन्ने उदेश्यले उक्त सहयोग गरेको बताउनुभयो... पुरा पढ्नुहोस

जलजलालाई प्याजमा आत्मनिर्भर बनाउन बेर्ना वितरण सुरु

पुस ४ गते । पर्वतको जलजला गाउँपालिकाले किसानलाई प्याजका बेर्ना वितरण गर्न थालेको छ । जलजवासीहरुलाई प्याजमा आत्मनिर्भर बनाउन पालिकाले टोल विकास संस्था मार्फत प्याजका बेर्ना उत्पादन गरी वितरण थालेको हो । पालिका भित्र गठन भएका एकसय १४ टोल विकास संस्थाहरुले यतिखेर प्याजका बेर्ना तयार पारी वितरण थालेका छन् ।... पुरा पढ्नुहोस

जनप्रतिनिधि र कर्मचारीको मैत्रीपूर्ण भलिबल प्रतिस्पर्धा (फोटो फिचर)

https://www.youtube.com/watch?v=MY8cXCOj6yM   बेनी, ३ पुस:  म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको अवसरमा समावेश गरिएको गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबिचको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै जनप्रतिनिधि र कर्मचारीहरु । प्रतियोगितामा एकका विरुद्ध दुई सेट आफ्नो पक्षमा पार्दै जनप्रतिनिधिको समूह बिजेता बनेको छ । प्रतियोगितामा बिजेता समूहलाइ नगद... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता (तस्बिर सहित)

बेनी ,पुस २ गते । म्याग्दीको धवलागिरी गाउँपालिकामा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । वडा नम्बर ७ स्थित सिवाङमा हेम नमुना आवासीय मावि परिसरमा शुरु भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । ४ गते सम्मसञ्चालन हुने प्रतियोगितामा ११ वटा विद्यालय सहभागि रहेका धवलागिरी... पुरा पढ्नुहोस

समाजसेवी शिव केसीद्धारा ज्ञानोदय माविमा १९५ थान अतिरिक्त पोसाक(ट्याकसुट) सहयोग

म्याग्दी ३ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयलाई समाजसेवी शिब केसीले १९५ थान अतिरिक्त पोसाक (ट्याकसुट) सहयोग गर्नुभएको छ । विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीहरुको लागि केसीले करिब रु २ लाख बराबरको उक्त पोसाक उपलब्ध गराउनुभएको हो । सोमबार विद्यालयमा आयोजित कार्यक्रममा सहयोगदाता केसीले... पुरा पढ्नुहोस

रघुगंगामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन (फोटो फिचर)

बेनी, २ पुस : म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न ११ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमवीर गर्वुजाले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले खेलक्षेत्रको विकास र नयाँ प्रतिभाको पहिचान गर्न प्रतियोगिताले... पुरा पढ्नुहोस

समुदायमा म्याग्दी काँग्रेस अभियान संचालन गर्ने

  म्याग्दी, २ पुस । नेपाली कांग्रेस म्याग्दीले संगठन विस्तार र सुदृढीकरण गर्न “समुदायमा म्याग्दी काँग्रेस” अभियान चलाउने निर्णय जिल्ला सम्मेलनमार्फत गरेको छ । बेनीमा आइतबार भएको प्रथम सम्मेलनले यही पुष १६ देखि २५ गतेसम्म “समुदायमा म्याग्दी काँग्रेस” अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । समस्याग्रस्त वडा कार्यसमितिको पुर्नगठन, पदपुर्ति,... पुरा पढ्नुहोस

म्याग्दी अनलाईनकर्मी खत्री “मिडिया सोसाइटी अवार्ड” बाट पुुरस्कृत

  बेनी, १ पुस । म्याग्दीका पत्रकार धिरन बहादुुर खत्रीलाई आइतबार “मिडिया सोसाइटी अवार्ड–२०८०” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको सातौ वार्षिक साधारणसभाको अवसरमा बेनी नगरपालिका– ४ सिंगामा आयोजित समारोहमा रु. नौ हजार ६८९ नगद सहित खत्रीलाई पुुरस्कृत गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, बेनपा–४ का वडा... पुरा पढ्नुहोस