ताजा अपडेट
रघुगंगामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन (फोटो फिचर)
- 1 बर्ष, 30 दिन अगाडि
- २ पुष २०८०, सोमबार
बेनी, २ पुस : म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न ११ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमवीर गर्वुजाले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले खेलक्षेत्रको विकास र नयाँ प्रतिभाको पहिचान गर्न प्रतियोगिताले... पुरा पढ्नुहोस
समुदायमा म्याग्दी काँग्रेस अभियान संचालन गर्ने
- 1 बर्ष, 30 दिन अगाडि
- २ पुष २०८०, सोमबार
म्याग्दी, २ पुस । नेपाली कांग्रेस म्याग्दीले संगठन विस्तार र सुदृढीकरण गर्न “समुदायमा म्याग्दी काँग्रेस” अभियान चलाउने निर्णय जिल्ला सम्मेलनमार्फत गरेको छ । बेनीमा आइतबार भएको प्रथम सम्मेलनले यही पुष १६ देखि २५ गतेसम्म “समुदायमा म्याग्दी काँग्रेस” अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । समस्याग्रस्त वडा कार्यसमितिको पुर्नगठन, पदपुर्ति,... पुरा पढ्नुहोस
म्याग्दी अनलाईनकर्मी खत्री “मिडिया सोसाइटी अवार्ड” बाट पुुरस्कृत
- 1 बर्ष, 1 महिना अगाडि
- १ पुष २०८०, आईतवार
बेनी, १ पुस । म्याग्दीका पत्रकार धिरन बहादुुर खत्रीलाई आइतबार “मिडिया सोसाइटी अवार्ड–२०८०” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको सातौ वार्षिक साधारणसभाको अवसरमा बेनी नगरपालिका– ४ सिंगामा आयोजित समारोहमा रु. नौ हजार ६८९ नगद सहित खत्रीलाई पुुरस्कृत गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, बेनपा–४ का वडा... पुरा पढ्नुहोस
मूलुकमा कुनै राजनीतिक संकट छैन: महामन्त्री शर्मा
- 1 बर्ष, 1 महिना अगाडि
- १ पुष २०८०, आईतवार
म्याग्दी, १ पुष । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा कुनै राजनीतिक संकट नभएको बताउनुभयो । नेपाली कांग्रेस म्याग्दीको जिल्ला सम्मेलनलाई आईतबार बेनीमा सम्वोधन गर्दै शर्माले मुलुकमा राजनीतिक समस्या भएपनि संकट नभएको उद्घोष गर्नुभयो । उहाँले मुलकुमा आर्थिक अवस्था सुधार हुँदै गएको बताउनुभयो । ‘देशको आर्थिक सूचक हेर्दा श्रीलंका... पुरा पढ्नुहोस
पर्यटकीय सम्पदाबाटै म्याग्दीको समृद्धि
- 1 बर्ष, 1 महिना अगाडि
- १ पुष २०८०, आईतवार
प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जातीय र जैविक विविधताका साथै ऐतिहासिक सम्पदा म्याग्दीका पर्यटकीय सम्पदा हुन् । हिमाल, अग्ला पहाड, वनजङ्गल, नदी, झरना, तालतलैया, ऐतिहासिक र धार्मिकस्थल, विभिन्न जातजातिका विविधतायुक्त कलासंस्कृति, रहनसहन र जीवनशैली म्याग्दीको पर्यटन विकासका आधार मानिएको छ । संसारको सातौँ अग्लो हिमाल हो धौलागिरि आठ हजार एक सय ६७... पुरा पढ्नुहोस
कुखुरा र बंगुर नपाल्ने, मदिरा नचल्ने गाउँ ‘गाजने’
- 1 बर्ष, 1 महिना अगाडि
- १ पुष २०८०, आईतवार
बेनी, १ पुस : म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौँ बर्षदेखि निरन्तरता दिईएको छ । बेनी नगरपालिका–५ मा अवस्थित गाजने गाउँमा सयौँ बर्षदेखि कुखुरा र बंगुर पालन तथा घरेलु मदिरा उत्पादन हुँदैन् । सुन्दा अचम्म लागेपनि १५ औँ सताब्दीको मध्यतिर गाजनेको धुरीमा पर्वतेराज्य सञ्चालन गरेका तत्कालिन राजा दिलीपबम (डिम्बबम) मल्लले... पुरा पढ्नुहोस
बहिरा स्रोत कक्षालाई मुक्तिनाथ सहकारीको सहयोग
- 1 बर्ष, 1 महिना अगाडि
- १ पुष २०८०, आईतवार
बेनी, ३० मङसिर । म्याग्दीको बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लि.ले १६ औ स्थापना दिवस मनाएको छ । वि.स. २०६५ मंसिर २९ गते स्थापना भएको सहकारीका संस्थापक हिरा बहादुर केसीको १४ औ स्मृति दिवस पनि सँगै मनाएको छ । बेनी नगरपालिका–४ सिंगामा रहेको धवलागिरी मा.विमा सञ्चालित बहिरा स्रोत... पुरा पढ्नुहोस
धवलागिरीमा न्यायिक समिति तथा मेलमिलाप कर्ताहरुलाई न्यायिक सचेतना
- 1 बर्ष, 1 महिना अगाडि
- १ पुष २०८०, आईतवार
मुना, ३० मंसिर । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा शनिबार न्यायिक समिति तथा मेलमिलाप कर्ताहरुलाई न्यायिक सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा सहभागिहरुले स्थानीय तह अन्तरगतका मेलमिलाप केन्द्र र न्यायिक समितिप्रति विश्वास बढाउनु पर्नेमा जोड दिनुुभएको थियो । मेलमिलाप केन्द्र र न्यायिक समितिमा... पुरा पढ्नुहोस
धवलागिरी गाउँपालिकाको सार्वजनिक सुुनुवाई
- 1 बर्ष, 1 महिना अगाडि
- ३० मंसिर २०८०, शनिबार
मुना, ३० मङसिर । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेर चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो चौमासिकमा गरेका गतिबिधि सार्वजनिकरणका साथै अन्तरक्रिया गरेको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो... पुरा पढ्नुहोस
चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रकाश माविलाई (तस्बिर सहित)
- 1 बर्ष, 1 महिना अगाडि
- ३० मंसिर २०८०, शनिबार
बेनी, ३० मंसिर : म्याग्दी सदरमुकाम बेनीमा शनिवार सम्पन्न बेनी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रकाश माविले जितेको छ । विभिन्न २५ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा २२ स्वर्ण र पाँच रजत पदक सहित प्रकाश माविले उपाधी चुमेको हो । गत बर्षको बिजेता समेत रहेको प्रकाश माविले... पुरा पढ्नुहोस