रास्वपाको म्याग्दीमा नयाँ नेतृत्व चयन
- २८ पुष २०८१, आईतवार
- 39 पटक पढिएको
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को म्याग्दीमा नयाँ नेतृत्व चयन भएको छ । शनिवार बेनीमा भएको प्रथम जिल्ला भेलाले युवराज रोकाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा छबि आचार्य, सचिबमा राजाराम बरुवाल र सहसचिबमा कल्पना केसी रहनुभएको छ ।
समितिको सदस्यहरुमा यादबप्रसाद पौडेल, सुनिता परियार, सुनमाया पुन, सन्तोष ढुंगाना, राजबहादुर केसी लगायत रहनुभएको छ । भेलालाई पार्टीका प्रवक्ता एवम प्रतिनिधि सभा सदस्य मनिष झा, प्रतिनिधि सभा सदस्य हरि ढकाल, बिनिता कडायत, केन्द्रिय सदस्य मोहन थापा लगायतले सम्बोधन गर्नुभएको थियो ।