महिला भलिबलकी कप्तान अरुणालाई राखु समाज अस्ट्रेलियाकाे सम्मान
- २८ पुष २०८१, आईतवार
- 3 पटक पढिएको
राखु समाज अस्ट्रेलियाले नेपाल महिला भलिबलकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ । म्याग्दीको राखुमा जन्मेर भलिबल मार्फत गाउँ, जिल्ला र देशको प्रतिष्ठा उच्च बनाउने काम गरेको भन्दै शनिबार सिड्नीमा एक भेटघाट एवम् बाविक्यु कार्यक्रमको आयोजना गर्दै समाजले सम्मान गरेको हो ।
राखु समाजका अध्यक्ष शिव रकालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कप्तान शाहीले व्यस्त समयका बाबजुद पनि आफुलाई दिएको सम्मानका लागि धन्यबाद दिएकी थिइन् । ‘मलाई अस्ट्रेलिया छु जस्तो पनि लागिरहेको छैन, सबैको मायाँ र साथले अझ केहि गर्नुपर्छ भन्ने उत्साह जागेको छ’, उनले भनिन् । कार्यक्रममा राखुका अगुवा तर्क केसीले अरुणाले गाउँ, जिल्ला र देशलाई दिएको योगदानको उच्च प्रशंसा गरेको थिए ।
‘हाम्रो चेली अहिले राष्ट्रिय गौरब बनेकी छन्’, उनले भने, ‘प्रवासमा उनलाई सम्मान गर्न र भेट्न पाउँदा ज्यादै खुशी लागेको छ ।’ कप्तान शाहीलाई अध्यक्ष रकाल, उपाध्यक्ष ईश्वर खत्री र अगुवा केसीले संयुक्त रुपमा मायाँको चिनो र प्रशंसा पत्रले सम्मान गरिएको थियो । समाजका सदस्य मञ्जु भण्डारीको स्वागत र प्रवक्ता गकुल भण्डारीको सञ्चालन भएको कार्यक्रममा लोक गायक पदम विश्वकर्माले आफ्नो साँगेतिक प्रस्तुती दिएका थिए । सो अवसरमा समाजको हरेक क्रियाकलापमा अग्रपंक्तिमा रहेर कार्य गर्ने सदस्यहरुलाई मायाँ चिनोले उनीहरुको योगदानको कदर गरिएको थियो ।