ताजा अपडेट

सडकले ल्यायो हस्पिटलचोकमा बाढी ( तस्विरसहित भिडियाे )

म्याग्दी, ११ असार । बर्षायाम सुरुसंगै पानी प¥यो भने सदरमुकाम बेनीको हस्पितलचोकमा बाढीको त्रास उब्जिएको छ । बाढी बग्ने ढल निर्माण नगरि खनिएको सडकले हस्पिटलचोकमा बाढी आएको हो । बुधबार बेलुका ४ बजे हस्पिटलचोकदेखि जामुनाखर्क हुदै अथुङ्गे जाने सडकबाट बाढी अनियमित भएर होटल र फलफुल पसलमा पसेको थियो । मुसलधारे... पुरा पढ्नुहोस

मालिका गाउँपालिकाले ल्यायो करिब चालीस करोडको बजेट

  दरवाङ ११ असार । ग्रामिण सडक सुधारलाई प्राथमिकता दिएको म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि करिब चालीस करोड रुपैयाँको बजेट पारित गरेको छ । दरवाङमा मंगलबार सम्पन्न गाउँसभामा उपाध्यक्ष खरमाया बिटालुले प्रस्तुत गर्नुभएको ३९ करोड ८४ लाख ९४ हजार रुपैयाँको बजेट पारित भएको हो । चालुतर्फ... पुरा पढ्नुहोस

गाउँपालिकाद्धारा जनप्रतिनिधि, कृषक र पत्रकार पुरस्कृत

मुना ११ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले विभिन्न माध्यमबाट पालिकाको विकासमा योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कृत एवं संघ संस्थाहरुलाई सम्मान गरेको छ । मुनामा मंगलबार भएको छैटौ गाउँसभामा चार जना वडा अध्यक्ष, दुई जना कृषक, एक जना पत्रकारलाई पुरस्कार तथा चार वटा गैरसरकारी संस्थाहरुलाई सम्मान गरिएको हो । समयमै योजनाको प्रभावकारी... पुरा पढ्नुहोस

धवलागिरीको ३४ करोड २१ लाखको बजेट पारित

  मुना ११ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाको मंगलबार मुनामा सम्पन्न भएको छैटौ गाउँसभाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि चौतिस करोड रुपैयाँ भन्दा बढी बजेट पारित गरेको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले चालुतर्फ २४ करोड ७४ लाख १७ हजार र पूजीगततर्फ नौ करोड ४७ लाख ३१ हजार गरि... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट अनिश्चित , मेयर र कार्यपालिका सदस्यहरु विभाजित

म्यागदी, १० असार । स्थानीय तहहरुले असार १० गतेभित्र आगामी आर्थिक बर्षको बार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने नीतिगत व्यवस्था भएपनि म्याग्दीको बेनी नगरपालिकामा भने अन्यौलता छाएको छ । गत जेठ ३ गतेको कार्यपालिका बैठकमा मेयर हरिकुमार श्रेष्ठ र अन्य कार्यपालिका सदस्यहरुबिच उत्पन्न विवादलाई देखाउँदै नगरप्रमुख श्रेष्ठले नगरसभा नै... पुरा पढ्नुहोस

समयमै बेनी नगरपालिकाको नगरसभा नभएको भन्दै नेकपाको गम्भिर ध्यानार्कषण

म्याग्दी, १० असार । बेनी नगरपालिकाले समयमै नगरसभा नगरेकोमा नेकपा म्याग्दीले गम्भिर ध्यानाकर्षण गरेको छ । स्थानीय तहहरुले असार १० गतेभित्र आगामी आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट बक्तव्य सार्वजनिक गर्नुपर्ने बाध्यकारी व्यवस्थाका विरुद्ध बेनी नगरपालिकाले नगरसभा आयोजना नगरेको बिषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले एक प्रेस विज्ञप्तीबाट ध्यानकर्षण गराएको... पुरा पढ्नुहोस

जलजलामा १६८ जनालाई रोजगारी

  बेनी १० असार । जलजला गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिकमा आधारिक सामूदायिक आयोजना सुरु भएको छ ।  पूर्वाधार विकाससँगै नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित सञ्चालित आयोजनाबाट १६८ जनालाई रोजगारी दिएको गाउँ कार्यपालिकाका प्रवत्ता देवेन्द्र भण्डारी (रवी)ले जानकारी दिनुभयो । ९ वटै वडामा ११ जना... पुरा पढ्नुहोस

गरिमाको मंगलालाई सहयोग

बाबियाचौर १० असार । गरिमा बिकास बैंकले बाबियाचौरमा रहेको मंगला माविलाई पानी प्रसोधन गर्ने विद्युतीय फिल्टर सहयोग गरेको छ । बैंकको बाबियाचौर शाखाका प्रबन्धक सुर्य रानाभाटले सोमबार विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर अधिकारी र प्रअ गमबहादुर खत्रीलाई सो फिल्टर हस्तान्तरण गर्नुभएको... पुरा पढ्नुहोस

तेक्वान्दोको राष्ट्रिय प्रतियोगितामा म्याग्दीकी श्रेष्ठले स्वर्ण पदक जितिन्

  बेनी १० असार । म्याग्दीकी एक खेलाडीले राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक दिलाएकी छिन् ।नेपाल तेक्वान्दो संघ ३ न. प्रदेश समितिले काठमाडौमा आयोजना गरेको प्रतियोगिताको ४६ केजी तौल समूहमा गण्डकी प्रदेशबाट सहभागि भएकी रश्मि श्रेष्ठले स्वर्ण पदक जितेकी हुन् । यसैगरी गण्डकी प्रदेशबाट सहभागि म्याग्दीकै सुस्मिता दर्जीले ६७... पुरा पढ्नुहोस

कार्यपालिका बैठक नबस्दा बेनपामा लाखौ रुपैया फिर्ता हुने खतरा

म्याग्दी १० असार ।  आन्तरिक विवादमा फसेको म्याग्दीको बेनी नगरपालिकामा संघिय सरकारबाट प्राप्त भएको लाखौँ रुपैयाँ अनुदान रकम फिर्ता हुने अबस्थामा पुगेको छ । गत जेठ ३ गते बसेको कार्यपालिका बैठकमा नगरपालिकाका मेयर र कार्यपालिका सदस्यहरुबिच बढेको विवादले कार्यपालिका बैठक अनिश्चित भएपछि विभिन्न कार्यक्रमको लागि प्राप्त बजेट फिर्ता हुने अबस्थामा... पुरा पढ्नुहोस