मराङमा लागू औषध दुब्र्यसनी बिरुद्ध अभिमुखीकरण कार्यक्रम

  • १५ असार २०७६, आईतवार
  • 1848 पटक पढिएको

तेजिन्द्र पुन
मराङ १५ असार । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङ स्थित स्वास्थ्य चौकीमा लागू औषध दूब्र्यसनी बिरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मराङ र मल्कवाङका ३५, ३५ जनाको सहभागिता रहेको थियो । सहभागिहरुलाई स्वास्थ्यकर्मीहरुले लागू औषध प्रयोगको कारण, असर र न्युनीकरण तथा बच्ने उपायको बारेमा सहजिकरण गर्नुभएको थियो ।

गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक समेत रहनुभएका वडा अध्यक्ष राजाराम सुवेदीले समाजमा समस्याको रुपमा देखिएको दुब्र्यसनी न्युनीकरणमा समुदाय सचेत र सजक रहन आवश्यक रहेको बताउनुभयो ।