पर्यटकीय सम्भावना बोकेको मुस्ताङको ‘ठिनी गाउँ’(भिडियाे सहित)
- १६ असार २०७६, सोमबार
- 2615 पटक पढिएको
ढुंगा, माटो र काठबाट बनेका सेतो रङले पोतिएका, छतमा दाउरा राखिएका गुजुमुज्ज घरहरू रहेको ठिनीबाट धौलागिरी र निलगिरी हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । राजा ठोकरचेनले शासन चलाएको झरपझोङ किल्लाको भग्नावशेष, दरबार, बौद्ध धर्मगुरु पद्मसम्भवले तपस्या गरेको कुछप तेरेङ्गा गुम्बा, रमणीय ढुब्बा ताल, हिमचितुवाको बासस्थान रहेको नमखु लेक र थकाली संस्कृति ठिनीका थप आकर्षण हुन् ।