क्याम्पसका विद्यार्थीलाई सिपमुलक तालिम

  • १६ असार २०७६, सोमबार
  • 2331 पटक पढिएको

बेनी १६ असार । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई सिपमुलक तालिम प्रदान गरिएको छ ।घरेलु तथा साना उद्योग विकास समितिको सहयोग र क्याम्पसको व्यवस्थापनमा उद्यमशिलता विकास, हाउस वायरिङ, आधारभूत कम्प्युटर र कम्प्युटर हार्डवयर विषयको तालिम दिइएको हो ।


२८ जनालाई १० दिने उद्यमशिलता विकास र भगत सर्वजित कार्यक्रम अन्तरगत ११ जनालाई ४५ दिने आधारभूत कम्प्युटर तालिम प्रदान गरिएको हो । युवा उद्यमशिलता तथा जनशक्ति विकास कार्यक्रम अन्तरगत १२ जनालाई दुई महिने हावस वायरिङ र १८ जनालाई दुई महिने कम्प्युटर हार्डवयर तालिम दिइएको छ ।

विद्यार्थीहरुलाई शैक्षिक योग्यतासंगै रोजगारी तथा पेशा ब्यवसायका लागि आधारभूत ज्ञान सिप प्रदान गरी बजारमा आवश्यक जनशक्ति तयार पार्न तालिम सञ्चालन गरिएको क्याम्पस प्रमुख टिकाराम सापकोटाले बताउनुभयो ।

तालिमको समापनका क्रममा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बजारको आवश्यकता परिपुर्तिका लागि शैक्षिक योग्यतासंगै सिपको पनि विकास गर्नुपर्ने बताउनुभयो । यसका लागि यो तालिम उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

घरेलु विकास समितिका कार्यालय प्रमुख सरिता गौतमको अध्यक्षता, तथ्याङ्क सहायक सन्तोष ढुङ्गानाको सञ्चालन र लेखापाल सञ्जय काफ्लेको स्वागत मन्तब्यमा सम्पन्न भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सोमनाथ ढुङ्गाना, संगम म्याग्दीका अध्यक्ष दिपक पौडेल, सहभागी सनम रेग्मी, अमृत शर्मा र दिभा बिकले मन्तब्य व्यक्त गर्नुभएको थियो ।